AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीलंका नेपालसंग स्तब्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७५, बिहीबार २०:२१
3
Shares
आगरा (भारत) / भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा श्रीलंका नेपालसंग स्तब्ध भएको छ ।

नेपालसंग १–० गोल अन्तरले पराजित भएपछि श्रीलंकाको पाँचौं हुने योजना पूरा हुन सकेन । जय गुरुङले गरेको एउटा मात्रै गोल नेपाललाई जितका लागि पर्याप्त बन्यो ।प्रतिष्प्रर्धात्मक र संघर्षपूर्ण खेलको३८ औं मिनेटमा दिनेश हेन्जनले मिलाइदिएको बललाई गुरुङले वान टच जाली चुमाउँदा नेपालले पाँचौं स्थानका लागि स्थान सुरक्षित गर्न सक्यो । पहिलो हाफमा नेपाललाई दवावमा राख्न खोजे पनि नेपालका रक्षापंत्तीका खेलाडी राजन गुरुङ, विकास खवास र संजित राईले शारीरिक रुपमाछिटो छरियो देखिएका श्रीलंकाली स्ट्राईकरलाई सफल हुन दिएनन् ।

१५ औं मिनेटमा दिनेश हेन्जनको प्रहारमा श्रीलंकाका गोलरक्षक गोलरक्षक रियास्खान बाधक बन्दा नेपालले सुरुवाती अग्रता लिन सकेन । ३० औं मिनेटमा विकास खवासको फ्रिकिक प्रहार क्रस बारमा लागेर फर्किनु पनि दुर्भाग्यपूर्ण बन्यो । ४२ औं मिनेटमा टिकाराज गुरुङ वान भर्सेस वानमा चुक्दा नेपालले दोस्रो गोल फर्काउन सकेन । अन्य तीनवटा सुन्दर अवसरको पनि सुदपयोग गर्न नसकेपछि स्ट्राईकर टिकाराजका ठाउँमा प्रशिक्षक पासाङ तामाङले ६५ औं मिनेटमा रितिक खड्कालाई मैदान पठाए । ६८ औं मिनेटमा खड्काको फष्ट टच प्रहार पनि क्रस बारमाथिबाट बाहिरियो । प्रशिक्षक तामाङले नेपालका तर्फबाट ७६ औं मिनेटमा बुद्ध बल तामाङका ठाउँमा अनुप गुरुङ र ७७ औं मिनेटमा संजित राईका ठाउँमा असिम गुरुङलाई मैदान पठाए पनि नेपालले गोल अन्तर भने बढाउन सकेन ।

समान खेलको ४० औं मिनेटमा आरएम सहविरको सशक्त प्रहारलाई नेपालका गोलरक्षक सूर्य अधिकारीले उत्कृष्ट ढंगबाट बचाउँदै श्रीलंकालाई खेलमा फर्कन दिएनन् । सहविरकै अन्य दुईवटा सुन्दर प्रहारलाई पनि गोलरक्षक अधिकारीले रोकिदिंदा नेपालको जित पक्का भएको हो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले समूह चरणको चौथो म्याच खेलेको १५ घण्टा पनि नवित्दै खेलाडीले अर्को खेल खेल्नु पर्दा सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘आराम गर्न नपाइकन खेलाडी अर्को खेलका लागि मैदान जानु प¥यो,’ उनले भने, ‘लगातार म्याच खेल्नु पर्दा उनीहरुले सत प्रतिशत खेल्न सकेनन् ।’उनले थकानका बीचमा पाँचौं म्याच खेल्नु परेका कारण स्ट्राईकरले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा श्रीलंकासंग गोल अन्तर बढ्न नसकेको बताए । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार रेफ्रीको गलत निर्णयका कारण इन्डोनेसियासंग खेलमा पराजित हुनु पर्दा नेपाल सेमिफाइनल खेल्नबाट बन्चित हुनु प¥यो ।

सेमिफाइनल सम्म पुग्न नसकेको समूह ‘ए’ मा रहेको नेपालले अहिले पाँचौं स्थानका लागि प्रतिष्प्रधा गरिरहेको छ । शुक्रबारको खेलमा समूह ‘बी’ मा रहेको भारतलाई पराजित गरे मात्रै नेपालको पाँचौं स्थान सुरक्षित हुने छ । बिहीबार नै भएको अर्को खेलमा चीनलाई १–० गोल अन्तरले पराजित गरेर पाँचौं स्थानका लागि भारत नेपालको प्रतिष्पर्धी बनेको हो ।समूह ‘ए’ मा रहेको चीनलाई नेपालले यस अघि ३–१ गोल अन्तरले पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको थाईल्याण्ड र इन्डोनेसियासंग हार बेहोरेपछि नेपालको सेमिफाइनल यात्रा टुगिंन पुगेको थियो । चीन र अफगानिस्थानलाई पराजित गर्न सकेकै कारण पाँचौ स्थानका लागि प्रतिष्पर्धा गर्न पाइएको नेपालका टिम व्यवस्थापक रुपेश अधिकारीले बताए । उनका अनुसार बुधबारको खेलमा चीनले इन्डोनेसियालाई पराजित गर्न सकेको भए नेपाल सेमिफाइनल पुग्ने थियो । तर इन्डोनेसियाले चीनलाई २–० गोल अन्तरले पराजित गरेका कारण नतिजा ठिक उल्टो आइदिंदा नेपालले सेमिफाइनलका लागि चीनमाथि गरेको भरोसा पनि सकिएको थियो ।

शुक्रबार चीन र समूह ‘बी’ मा रहेको श्रीलंकाले सातौं र आठौं स्थानका लागि प्रतिष्पर्धा गर्दै छन् । समूह ‘ए’ मा रहेको अफगानिस्थान र समूह ‘बी’ मा रहेको भुटानले भने प्रतियोगिता भरी नै एउटा पनि खेल जितेनन् । १० वटा देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’ मा रहेका थाईल्याण्ड, इन्डोनेसिया र समूह ‘बी’ मा रहेका दक्षिण कोरिया र मलेसिया भने सेमिफाइनलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर