AArya
RUMPUM
animated ellipse animated ellipse

एक्स्पर्ट एजुकेशनमा विद्यार्थीको घुइचो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७५, बुधबार १६:२३
18
Shares
पुष्पराज थपलिया
विराटनगर / एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले आज विराटनगरमा आयोजनामा गरेको अस्ट्रेलियन एजुकेशन सेमिनारमा विद्यार्थीकोको घुइचो लागेको छ ।

एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरीको आयोजनामा भएको एक दिने सेमिनारमा विद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श गरिएको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरीका निर्देशक भवकृष्ण तिम्सीनाले जानकारी बताए । निर्देशक तिम्सिनाका अनुसार सेमिनारमा १६ वटा कलेजले आप्नो कलेजको बारेमा काउन्सीलि गरेको जनाए । साथै विरानगरमा शाखा रहेको यसविआई वैंक र एनआईसी एसीया वैकले विदेश पठाउँदा वैंकले दिने सविधावारैमा जानकारी गराएको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस विराटनगरका निर्देशक अनुभव दाहालले जानकारी दिए ।

उक्त सेमिनारमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्ट्रेलियाकी माइग्रेसन ल्वायर तथा एजुकेशनल परामर्शदाता दिक्षा दाहाल, एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस मुख्य कार्यालय सिडनीका कार्यकारी प्रमुख सन्जिव शर्मा, एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस एडिलेडका निर्देशक रुपक वडतौला र एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरी प्रवन्धक कमल तिम्सीनालगायतले अस्ट्रेलियन एजुकेशनबारे उपस्थीत विद्यार्थीलाई जानकारी गराएका थिए । सेमिनारमा अस्ट्रेलियाका बिभिन्न ११ कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधि उपस्तिथ भएर विद्यार्थीलाई परामर्श दिईने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले जनाएको छ ।

धेरै विद्यार्थीहरु विना जानकारी अस्ट्रेलिया पुग्ने गरेको हुनाले समय समयमा नेपाली विद्यार्थीले दुख पाउने गरेको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस मुख्य कार्यालय सिडनीका कार्यकारी प्रमुख सन्जिव शर्माले बताए । कार्यकारी प्रमुख शर्माका अनुसार एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले ८ देशमा ३१ वटा शाखा रहेको जानकारी दिए । सेमिनारमा अस्ट्रेलियन विश्वबिद्यालयका प्रतिनिधिनै आउने विद्यार्थीले काउन्सिलिङ गरेका थिए । सेमिनारमा विराटनगरका करीव१ हजार ५१ जना विद्यार्थीहरुले लाभ लिएको आयोजकको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर