AArya
RUMPUM
animated ellipse animated ellipse

सर्वाधिक राशिको भेट्रान फुटबल हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७५, सोमबार १५:२२
3
Shares
प्रतियोगिताबारै जानकारी दिँदै क्लबका अध्यक्ष किशोर धमलालगायत । तस्वीर -पुष्पराज थपलिया
विराटनगर / ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर धमलाले भने, ‘उमेर ढल्किँदै जाँदा शारीरिक व्ययाम नगर्ने हाम्रो बानी भएकाले एउटा स्वास्थ्य समाज निर्माण गर्न भेट्रान फुटबल गर्न लागेका हौं ।’ यस्ता खेलकुद गतिविधि गर्नाले सवै उमेर समूहका व्यक्तिको दैनिक शारीरिक व्ययाम हुन्छ र निरोगी बन्छन् भन्ने हाम्रो मुख्य उद्देश्य हो धमलाले भने । ‘पछिल्लो समय नेपालमा भेट्रान खेलप्रति आकर्षण बढ्दो रहेकोले पनि प्रतियोगिता गर्न लागेका हौं,’ धमलाले भने, ‘अगामि वर्ष हुने भेट्रान प्रतियोगितामा हामी भारतबाट भेट्रानको राम्रो टिम ल्याउने छौं ।’ यस प्रतियोगितामा खेल्ने ११ खेलाडीमध्ये ३६ वर्षका २ जना, ३८ वर्षका ५ र ४० वर्षका ४ जना खेल्न पाउने छन् ।

‘प्रतियोगिता असोज २० देखि २७ गतेसम्म हुनेछ,’ धमलाले भने, ‘हामीले खेलाडीको उमेर खुल्ने परिचयपत्रको मुख्य आधार मतदाता परिचयपत्रलाई लिएका छौं ।’ प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । विराटनगरका आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोडा भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रनज क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । गत वर्ष यस प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् ।

पत्रकार सम्मेलन एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानिया, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य किरण गिरी, सिएमजी क्लबका शिवराज राई र मोरङ जिल्ला फुलटब संघका अध्यक्ष दीपेन्द्र धिमाललगयातको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर