पूर्वाञ्चल खबर
विद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श प्रदान गर्न विराटनगरमा असोज १० गते उक्त सेमिनार हुने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्ट्रेलियाकि माइग्रेसन ल्वायर तथा एजुकेशनल परामर्शदाता दिक्षा दाहालले जानकारी दिईन ।
विराटनगरको विग होटेलमा विहान साढै ११ आयोजना हुने सेमिनारमा अस्ट्रेलियाका बिभिन्न ११ कलेज तथा विश्वविद्यालयहरुका प्रतिनिधि उपस्तिथ भएर विद्यार्थीलाई परामर्श दिईने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इहरीका निर्देशक भवकृष्ण तिम्सीनाले जानकारी दिए ।
धेरै विद्यार्थीहरु विना जानकारी अस्ट्रेलिया पुग्ने गरेको हुनाले समय समयमा नेपाली विद्यार्थीले दुख पाउने गरेको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरीका निर्देशक तिम्सीनाले जानकारी दिए । उक्त सेमिनारमा विश्वबिद्यालयका प्रतिनिधि नै आउने हुनाले विद्यार्थीले सम्पूर्ण जानकारी पाउने बताए । ५ सय देखि ७ सय विद्यार्थीहरुले सो सेमीनारबाट लाभ लिने आयोजकले जनाएका छन् ।