CLASSICTECH NET

बित्त आयोग तत्काल गठन गरीयोस -मन्त्री आङ्बो

खबर पूर्वाञ्चल, ४ आश्विन २०७५, बिहीबार १७:४५

विराटनगर / प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले तत्काल वित्त आयोग गठन गर्नु पर्ने माग गरेका छन् ।

नेपाल पत्रकार प्रदेश–१ आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन अझै नचाहेको आरोप लगाए ।

संघीय सरकारकै कारण संघीयता जोखिममा परेको उनको कथन थियो । उनले तत्काल वित्त आयोग गठन नगरे संघीयता असफल हुने दाबी गरे । “राजस्व र प्राकृतिक स्रोत बाँडफाँड कसरी गर्ने भन्ने टुंगो वित्त आयोगले लगाउँछ,” आङ्बोले थपे, “तर अहिलेसम्म वित्त आयोग बनाउने सुरसार छैन ।” वित्त आयोग संवैधानिक निकाय भएकाले उसले तीनै तहको सरकारले उठाउने राजस्व र प्राकृतिक स्रोत साधनको बाँडफाँडका विषयमा टुंगो लगाउने उनको भनाइ थियो ।

वित्त आयोग गठन गरेपछि केन्द्र सरकारको सुप्रिमेसी अन्त्य हुने आङ्बोले बताए । “वित्त आयोग गठन भएपछि केन्द्र सरकारको सुप्रिमेसी स्वतः अन्त्य हुन्छ,” आङ्बोले भने, “त्यही भएर आयोग गठन गर्न केन्द्र सरकारले आलटाल गरिरहेको छ ।” संवैधानिक दायराभित्र रहेर काम गरेमा संघीयता कार्यान्वयनमा समस्या नआउने उनको गुनासो छ ।

स्थानीय सरकारले जनतालाई सेवा प्रवाह गर्ने, प्रदेशले जनताको चाहनाअनुसार विकास निर्माण गर्ने र केन्द्र सरकारले ठूला राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउनुपर्नेमा तीनै तहको सरकारले डोजर हान्ने काम गरिरहेको बताए । “तीनै तहको सरकारले अहिलेसम्म आफ्नो दायित्व बुझेका छैनन्,” उनले भने, “दुर्भाग्य केन्द्र, प्रदेश र स्थानीय तीनै तहको सरकारले गाउँमा डोजर हान्ने काम मात्रै गरिरहेका छन् ।”

संरचना, कार्यालयको हस्तान्तरण र कर्मचारीको समायोजन नहुँदा काम गर्न समस्या भएको आङ्बोले बताए । उनले प्रदेश सरकारले असोज १५ भित्रै कर्मचारीसहित सबै कार्यालयको व्यवस्थापन गरिसक्ने दाबी गरे । चालु अधिवेशनभित्रै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने आङ्बोको दाबी थियो ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५