विराटनगर / विदेश जाने विद्यार्थीहरुका लागि २७ वर्षदेख शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शूरु गरेको शैक्षिक मेला आज विराटनगरमा सम्पन्न भएको छ ।
‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शूरु भएको शैक्षिक मेला विराटनगरमा आएर सम्पन्न भएको हो । शैक्षिक मेला आइतबार धरान , सोमबार इटहरी र आज विराटनगरमा गरी तीन दिवशीय शैक्षिक मेलाको आयोजना गरेको थियो । अल्फाबिटा कन्सलटेन्सीको विराटनगर प्रबन्धक टिका ढकालले शैक्षिक मेलामा अस्टेलिया, अमेरीका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षाकालागि विदेश जान चाहाने विद्यार्थीहरुलाई काउन्सीलिङ गरेको बताए ।
२० वटा स्टल राखिएको शैक्षिक मेलामा अष्टेलीयाबाट मात्र १४ वटा स्टल राखिएको थियो । शैक्षिक मेलामा । विराटनगर इटहरी र धरानमा पाँच पाँच सय विद्यार्थीहरुले अवलोकन गर्ने सहभागि रहेको ढकालले जानकारी दिए । अल्फाविटा एजुकेसन कन्सलटेन्सीबाट वर्षमा १ हजार १ सय जना विद्यार्थी अस्ट्रेलिया, अमेरिका , न्यजील्याड , युरोप, प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थीहरु पठाउँदै आएको छ ।