पूर्वाञ्चल खबर
हारसँगै श्रीलंका समूह चरणको दुवै खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग १ सय ३७ रनले पराजित भएको थियो ।
२५० रनको चुनौति पछ्याएको श्रीलंकाले ४१दशमलव २ बलमा सवै विकेटको गुमाएर १ सय ५८ रन समेटिए थियो । श्रीलंकाका लागि उपुल थरांगाले ३६ रन , थिसरा परेराले २८ रन, धनन्जय डे शिल्भाले २३ रन र कप्तान एन्जेलो मथेवसले २२ रन बनाउँन बाहेक अन्य खेलाडी उल्लेखनीय पर्दशन गर्न सकेनन् ।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा राशिद खान, मुजिब उर रहमान, गुल्बादिन नाइब र मोहम्मद नाबीले समान २–२ एक आपसमा बाडेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको अन्तिम बलमा सवै विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।
अफगानिस्तानको लागि रहमत शाहले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रन बनाएका थिए । त्यस्तै, इन्सानुल्लाहले ४५ रन , हस्मातुल्लाह शाहिदीले ३७ रन र मोहम्मद शाहजादले ३४ रनको योगदान दिए ।
बलिङतर्फ श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका परेराले ९ ओभर बलिङ गर्दै ५५ रन खर्चेर थिए ।
समूह बी को अन्तिममा बंगलादेश र अफगानिस्तानबीचको खेल २० तारिखमा हुदैछ । खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।