पूर्वाञ्चल खबर
गृहका अध्यक्ष भत्तिप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले भवनको उद्घाटन गरे । नगर प्रमुख फागो ,उपप्रमुख लक्ष्मी भण्डारी, वडा अध्यक्ष चिन्तामणी पौडेल, सुर्यप्रसाद गुरागाँई ,जयधर्म आचार्य ,जनप्रतिनिधि दुर्गावती लिम्बूलगायतले जेष्ठ नागरिक ज्युदो ईतिहास भएकोले हेला होईन माया गर्न र उहाँहरुको अनुभवलाई समाज बिकासको निम्ति प्रयोग गर्न यो गृह प्रभावकारी हुनेमा बिश्वास व्यक्त गरे। जिवनको उत्तरार्ध अवस्थामा आफ्ना अतितका कथाहरु सुनाउन र आफुजस्तै उमेरका एकैठाउँमा भेलाभै भलाकुसारी गर्ने चौतारीको रूपमा यो गृह निर्माण गरिएको गृहका कोषाध्यक्ष एव निर्माण समितिका सम्योजक गजेन्द्र दंगालले जानकारी दिए ।
सम्योजक दंगालका अनुसार उर्लाबारी नगरपालिकाको २ लाख र अन्य सहयोगी दाताहरुबाट ७ लाख ८३ हजार ६ सय ५३ रुपैयाँ गरि कुल ९ लाख ८३ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएकोमा ६ लाख २१ हजार ३९ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो । बाँकी रहेको रकमले कोष निर्माण गरि प्राप्त ब्याजले मासिक कार्यक्रमको खर्च जुटाउने लक्ष रहेको गृहले जनाएको छ । शिध्देश्वर धामसगै रहेको सो गृह उद्घाटन सत्रमा उपाध्यक्ष भैरव फुँयलले स्वागत गरे भने निर्माणमा बिशेश योगदान पुर्याउने भुपाल गौतम र दिलकुमारी शाक्यलगायत सहयोगीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।