पूर्वाञ्चल खबर
प्रदेश सरकारको संयोजनामा आयोजना हुने कार्यक्रम मंगलबारबाट सुरु हुने छ । बुधवार संविधान दिवस हो । प्रदेश सरकारले सोमबार मंगलवार र बुधवार विभिद कार्यक्रम गर्नेछ । प्रदेश सरकारले संविधान दिवसको अवसरमा तीन दिन साँझ दिपावली गर्न पनि अपिल गरेको छ । आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तीन दिन दिपावली मनाउन आग्रह गरे । कार्कीले असोज २ गते सवै सरकारी कार्यालयहरुमा सरसफाई गरी राष्ट्रिय झण्डा राख्ने, दिपावली गर्ने र जनचेतना मुलक कार्यक्रम गर्नेछ ।
संविधान दिवसको अवसरमा असोज ३ गते सूर्याेदय हुनसाथ प्रदेश प्रहरीले बिगुल बजाउने, बिभिन्न स्थानमा पाठपुजा गर्ने, सूचना मुलक सामाग्री प्रस्तुत गर्ने, बिहान ७ः३० बजे विराटनगरको सहिद मैदानमा कार्यक्रमको आयोजना गर्ने छ । कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री उपस्थीत हुनेछन् । कार्यक्रममा सम्पूर्ण क्षेत्रका मानिसलाई स्वतस्फूर्त रुपमा सहभागि हुन आग्रह गरिएको छ । बिषेश कार्यक्रममा बिभिन्न जातजातीको संस्कृतिक झाकी प्रस्तुत गरिने छ ।