CLASSICTECH NET

डाँगीहाट गोल्डकपको उपाधी मोरङलाई

खबर पूर्वाञ्चल, ३० भाद्र २०७५, शनिबार १९:४१

बेलबारी / मोरङको मोरङ फुटबल एकेडेमी वेलबारीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ ।

मोरङले आज भएको फाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले स्तव्ध पार्दै उपाधीमाथी कब्जा गरेको होे । साविक उपविजेता मोरङको जितमा कर्ण लिम्बू एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्कृष्ट खेल पस्किएको मोरङको सनसनीपूर्ण जितमा निशान लिम्बू, शौजन राई र विदेशी खेलाडी पेन्कले एक÷एक गोल गरे । मोरङ पहिलो गोल्डकपकाृ फाइनलमा साविक विजेता विर्तामोडसँग बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा सदुपयोग ग¥यो ।

खेलको सुरुवातदेखि नै तालमेल गुमाएको विर्तामोडलाई रोकेको मोरङले अन्तिम समय सम्म कुनै मौकै दिएन । एक पक्षीय खेल खेलेको मोरङले पाएका अवसरको सदुपयोग गर्दा सहज जित निकाल्न सक्दा उपाधीसंगै दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त ग¥यो । उपविजेता विर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमै चित्त बुझायो ।

सुरुवातमै झापा विरुद्ध दवाव सिर्जना गरेको मोरङले खेलको ५ औं मिनेटमै पहिलो गोल गरेको थियो । विदेशी खेलाडी पेन्कको प्रहारमा बाधक बनेपछि विर्तामोडका गोलरक्षक मीन बस्नेत अलमलमा परेको फाइदा लिंदै निशान लिम्बूले गोलको खाता खोलेर टोलीलाई अगाडि बढाए । त्यसको एक मिनेट पनि वित्न नपाउँदै मोरङले गोल थप्दा खेल २–० मा पुग्यो । ६ औं मिनेटमा कर्ण लिम्बूले गोल थप्दा विर्तामोड थप दवाव झेल्न बाध्य भयो । आफ्नै प्रहार दोस्रो बारमा लागेर रिवाण्ड भएपछि कर्णले नै हेड गर्दै बललाई जाली चुमाए । ३८ औं मिनेटमा विवेक पौडेलको पास लिएर एक्लै अघि बढेका शौजन राईले वान भर्सेस वानको स्थितीमा बललाई पोष्टको दिशा दिंदा पहिलो हाफमा विर्तामोड ३–० गोल अन्तरले पछि प¥यो ।

खेलको ५६ औं मिनेटमा विर्तामोडका गणेश हेमरनले डिबक्स भित्र कर्ण लिम्बूलाई गलत ट्याकल गरेपछि रेफ्री श्याम दनुवार मोरङलाई पेनाल्टीको अवसर दिन चुकेनन् । विदेशी खेलाडी पेन्कले पेनाल्टी सुटआउट अवसरको सदुपयोग भने गर्न सकेनन् । उनको प्रहार पहिलो बार हुँदै बाहिरिंदा मोरङको ४–० गोल अन्तरले अघि बढ्ने अवसर खेर गयो । गणेशले पहेंलो कार्ड समेत पाए ।

निशान लिम्बूको पासका कर्णले बललाई जारी चुमाउँदा ५९ औं मिनेटमा मोरङ ४–० ले अघि बढ्यो । ६४ औं मिनेटमा विवेक पौडेलको क्रस पासमा एक्लै बल लिएर अघि बढेका कर्ण लिम्बूले बललाई पोष्टको दर्शन गराउँदै व्यक्तिगत तीन गोल गर्दा खेल ५–० मा पुग्यो । तेस्रो गोलसंगै कर्णले ह्याट्रीक पूरा गरे । मध्यान्तरपछिको इन्जुरी समयमा सुरज राईको पासमा विदेशी खेलाडी पेन्कले गोल गरेर आफ्नो टिमलाई ६–० को फराकिलो गोल अन्तरले जित दिलाए ।

पाएका अवसरलाई खेर फाल्दा विर्तामोड गोल विहीन बन्न पुग्यो । ३४ औं मिनेटमा रोशन थाम्स्वाङको पासमा लक्ष्मण चौधरी चुक्दा पहिलो हाफमा विर्तामोडले गोल फर्काउन सकेन । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरेको विर्तामोडका नानी लिम्बूले ४८ औं मिनेटमा गोल गर्न सकेनन् । आशिष चापागाईको पासमा खाली पोष्टमा लिम्बू चुक्दा विर्तामोड अभागी ठहरियो । खाली पोष्टमा ५१ औं मिनेटमा आशिष चापागाईको प्रहार मोरङका जीवन धामीले क्लियर गरिदिएर आफ्नो टिम विरुद्ध गोल हुनबाट जोगाए । ७० औं मिनेटमा आशिष चापागाईले वान भर्सेस वानको स्थितीमा गोल गर्न नसक्दा विर्तामोडले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

फाइनल खेलको म्यान अफ दी फाइनल मोरङका जीवन धामी घोषित भए । गोल्डकप प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राईकरको उपाधप् कर्ण लिम्बूले प्राप्त गरे । लिम्बूले प्रतियोगिता भर चार गोल गरे । बेष्ट डिफेन्सको उपाधी मोरङका प्रवेश दनुवारले पाए । उदियमान खेलाडी आयोजक डाँगीहाट गोल्डकपका मनिष राई र मिडफिल्डर मोरङकै संजोग राई घोषित भए । उत्कृष्ट प्रशिक्षक मोरङका संजीव बुढाथोकी बने । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, आयोजक समितिका अध्यक्ष विक्रम राईलगायतले पुरस्कार वितरण गरे ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५