RUMPUM
animated ellipse animated ellipse

संघियता कमजोर भएमा राजनैतिक दलको कुनै भविष्य नरहने–उपनेता गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७५, मंगलवार २१:०५
3
Shares
फाइल तस्वीर
विराटनगर / संघियताको सफल कार्यान्वनमा सम्पूर्ण राजनीति दल लाग्नु पर्ने नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले वताए ।

विराटनगरमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उनले संघियता कमजोर भएमा राजनैतिक दलको कुनै भविष्य नरहने विचार व्यक्त गरे ।संघिय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई चिरस्थायी र दिर्घ बनाउन सबै राजनैतिक दलहरु एक भएर लाग्नुपर्ने पर्नेमा जोड दिदै जनताको माग अनुसार संविधानलाई क्रमिक रुपमा संसोधन गर्दै लैजानु पर्छ उपनेता गच्छदारले भने । मुलुकको राज्य प्रणाली संसदीय मुल्य मान्यता अनुसार अघि वढेमा मात्र लोकतन्त्र वलियो हुने चर्चा गर्दै लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहि कतैवाट हुनुहुदै उनले बताए ।

नेता गच्छदारले “शुखी नेपाली समृद्ध नेपाल” सरकारको मात्र नभएर कांग्रेसको पनि चाहना भएकाले यसलाई पुरागर्न सरकार दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । नेपालको राज्य प्रणाली संसदिय मुल्य मान्यतालाइ आत्मासाथ गरेर अघि वढे मात्र लोकतन्त्र वलियो हुने भन्दै लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहिवाट हुन नहुने उनले वताए । प्रेश र स्वतन्त्र न्यायालय कम्जोर भए लोकतन्त्र धरासायी हुने उनको भनाइ थियो ।

नेता गच्छदारले कांग्रेसको भाद्र २८ गते बस्ने केन्द्रीय समिति वैठकले सम्झौता अनुसार फोरम लोकतान्त्रिकका कार्यकर्ताको सम्मान जनक समायोज हुने दावी समेत गरे । कांग्रेसको पार्टी उपसभापतीसहित केन्द्रीय सदस्य,महाधिवेशन तथा महासमिति सदस्य पदमा फोरम लोकतान्त्रीका नेता तथा कार्यकर्र्ताको समायोजनकालागी प्रस्ताव गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर