RUMPUM
animated ellipse animated ellipse

लोहन्दा खोलाले बगाएर एकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७५, मंगलवार २०:००
3
Shares
विराटनग / मोरङको धनपालथान गाउँपालिका – ६ स्थित लोहान्द्रा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर मोरङ धनपालथान गाउँपालिका – ६ बस्ने ४५ वर्षीय अमरेश सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहान साढे ८ बजे घर नजिकै रहेको खोलामा हातखुट्टा धुने क्रममा अचानक चिप्लिएर लड्दा खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका सहनीलाई खोजतलास गर्ने क्रममा १ किलोमिटर तल मोरङ कटहरी गाउँपालिका – ४ स्थित लोहन्द्रा पुल नजिकै आफन्तले उनको शव फेला परेका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अंचल अस्पताल राखिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर