RUMPUM
animated ellipse animated ellipse

घुस लिदै गर्दा महानगरका कर्मचारी रंगेहात पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०७५, आईतवार १६:१५
3
Shares
विराटनगर / घर नक्सा पास गर्न आएका सेवाग्राहीबाट घुस लिदै गर्दा विराटनगर महानगरपालिका वितिय व्यावस्थापन महासाखाका खरिदार तिलकमणि पोखरेल पक्राउ परेका छन् । मेयर भीम पराजुली सहितको टोलीले सेवाग्राहीबाट घुस लिदै गर्दा खरिदार पोखरेल पक्राउ गरेको हो ।

विराटनगर ७ की मीना शाक्यबाट घरजग्गा करको बिषयमा घुस लिएको आरोपमा पोखरेललाई मेयर भीम पराजुली सहितको टोलीले रंगेहात पक्राउ गरेको हो । खरिदार पोखरेलले मीनाबाट ८५ हजार रुपैया कम लिएर ७३ हजार ५५५ रुपैया राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैया राखेका थिए । रंगेहात पक्राउ परेका पोखरेललाई कारवाहीकालागि अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीलाई बुझाउन मेयर पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर