AArya
RUMPUM
animated ellipse animated ellipse

देश दौडनमा इन्टु मिन्टु लण्डनका कलाकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७५, शुक्रबार २०:०६
3
Shares
विराटनगर / कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशनमा निर्माण भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ आउँदो असोज ५ गतेदेखि देशभरका सिनेमा घरमा रिलिज हुने भएको छ ।

निर्माण पक्षले रोमाण्टिक ड्रामा उपमा दिएको सो चलचित्रले देशव्यापी रूपमा प्रचार–प्रसार शुरु गरेको हो । पूर्वी सहरबाट प्रचार प्रसार गर्दै देश दौडनमा हिडेको निमार्ण यूनिटले आज विराटनगरमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गरायो । नाम अनुसारनै चलचित्रको ८० प्रतिशत छायाङ्कन लण्डनमा गरिएको निर्देशक राईले बताइन् । लण्डन र नेपालका रमणीय स्थानमा छायाङ्कन गरिएको चलचित्र २ घण्टा १० मिनेटको रहेको उनले बताइन् ।

चलचित्रको नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह र नायकमा धीरज मगर रहेका छन् । धीरजको यही चलचित्रबाट डेब्यू गरेका हुन् । साम्राज्ञी अहिलेको व्यस्त नायिका हुन् । यस चलचित्रमा पत्रकार दिलभूषण पाठक, नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, रुवी राणा, अर्जुन श्रेष्ठलगायतको समेत भूमिका रहेको छ ।

धीरज मगर नवकलाकार भए पनि काम गर्न कुनै असजिलो नभएको चलचित्रकी नायिक शाहले बताइन् । उनले कथा, पटकथा, गीत, सङ्गीत, सम्पूर्ण पक्ष मजबुत भएकाले यो चलचित्र सफल हुने दाबी गरेकी छिन् । उनले नेपाली सिनेमा क्षेत्रको ‘माइल स्टोन’ को रूपमा इन्टु मिन्टु लण्डनमा चलचित्रले परिचय बनाउने समेत दाबी गरेकी छिन् । चलचित्रका नायक धीरज मगरले स्थापित नायिकासँग गर्नुपरेको अभिनयमा आफूले सक्दो मेहनत गरेको बताए । लण्डनमै बसोबास गर्दै आएका मगरले स्थापित कोरियोग्राफर राईको चलचित्र पनि सफल हुन सक्ने अनुमान गरेर सो चलचित्रमा काम गर्न तयार भएको दाबी गरे । उनले नायिका साम्राज्ञीसँगको अभिनयमा आफूले धेरै कुरा सिक्न पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर