RUMPUM
animated ellipse animated ellipse

स्कूल अफ म्यानेजमेन्ट स्टडीजमा प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७५, शुक्रबार १९:५१
3
Shares
विराटनगर / विराटनगर मेनरोडम्ँ रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडीजमा वी.वी.एस. मा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

प्रवेश परीक्षामा १ सय ८१ विद्यार्थी सहभागि रहेको क्याम्पस प्रमुख आर.सी.कोइरालाले बताए । निजी तथा नाफा अधिकतम गर्ने शैक्षिक संस्था भन्दा मुनाफा वितरण नगर्ने शैक्षिक संस्थामा विद्यार्थीहरुको चाप वढ्ने कलेजका क्याम्पस प्रमुख कोइरालाले बताए । कलेज सटिफिकेट मात्र नभएको यहाँ अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न शिपमुलक तथा रोजगार मुलक तालीम गराई जव प्लेसमेन्ट गराऊने यो संस्थाको मुख्य उध्येश्य रहेको कलेजका अध्यक्ष प्रा.डा.देवेन्द्र अधीकारीले वताए ।

आगामी दिनमा यस कलेजले विभिन्न प्रावीधीक तथा अप्रावीधीक कार्यक्रम सञ्चालनमा ल्याउने कलेजले जनाएको छ । केही दीनमै डीप्लोमा ईन सीभील ईन्जीनीयरीङ र कम्प्यूटर ईन्जीनीयरीङ सञ्चालनमा समेत ल्याउने क्याम्पस प्रमुख कोइरालाले जानकारी दिए । यो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयद्वारा संम्वन्धन प्राप्त कलेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर