RUMPUM
animated ellipse animated ellipse

पूर्वेली कथामा आधारित पुरानो बुलेटको सम्पादन अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७५, बिहीबार २१:३९
3
Shares
काठमाडौं / पूर्वेली कथामा आधारित पुरानो बुलेटको सम्पादन अन्तिम चरणमा पुगेको निमार्ण पक्षले जनाएको छ । चलचित्र सम्पादनमा अर्जुन जिसी र सन्देस साहले गर्दै छन् ।

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भइरहेको चलचित्र गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको कार्य भइरहेको निर्माता अशोक कुमार राईले जानकारी दिए ।

काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जेलगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । अहिलेका व्यस्त नायक अनुपको पुरानो बुलेटमा वर्षा शिवाकोटी र माला लिम्बुले चढेर रोमान्स गरेका छन् । यस चलचित्रमा एकताका चर्चित व्याण्ड एक्स व्याण्डका भोकलिष्ट शिव मुखिया, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धिताल लगायतको अभिनय रहेको छ ।

चलचित्रको सम्पादन कक्षमा भेटिकाएका निर्देशक भीषण राईले भने—यो चलचित्र पूर्वेली कथामा आधारित रहेर निर्माण गरिएको लभ स्टोरी र फेमीली ड्रामा हो, अहिले सम्पादनको काम भइरहेको छ, हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ । चलचित्रको कथा कार्यकारी निर्माता सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रका निर्माताहरु विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु रहेका छन् । हरि घले लामाले खिचेको यो चलचित्र चाँडै नै गीत, टिजर, ट्ेलर युट्युव मार्फत् सार्वजानिक गरी प्रदर्शन मिति तोकिने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर