RUMPUM
animated ellipse animated ellipse

मेरील्याण्ड कलेजमा लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७५, बिहीबार १७:०५
3
Shares
विराटनगर / विराटनगर ७ मा रहेको मेरील्याण्ड कलेजमा अध्ययनरत विद्यार्थीलाई लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रमको एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनी मोरङका अध्यक्ष मीना जोशी र कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले लागु औषध सम्बन्धी आफ्नो धारणा ब्यक्त गरैका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी धनश्याम श्रेष्ठले लागु औषधको परिभाषा, प्रकार, लागु औषध दुर्ब्यसनी, कानूनी व्यवस्था, लागु औषधको सेवनबाट व्यक्ति, परिवार र समाजमा पर्ने असर, नियन्त्रणका उपाय, बाल बिवाह र सडक दुर्घटना संग सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
डिएस्पी श्रेष्ठले लागु औषध दुर्वेशन नियन्त्रण गर्न सवै मिलेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गरे ।कार्यक्रममा ११ र १२ मा अध्ययनरत ३ सय ५० जना छात्र छात्राहरुको सहभागी रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर