RUMPUM
animated ellipse animated ellipse

प्राइम सहकारीको रकम अपचलन गर्ने जेल चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७५, बुधबार १८:१३
9
Shares
विराटनगर / विराटनगर – ९ बाटारोडमा रहेको प्राइम सहकारीको करोडौं रुपैयाँ अपचलन गर्ने प्रबन्धकसहित तीन जनालाई आज पुर्पक्षको लाथि थुनामा राख्द जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

मोरङ अदालतको जिल्ला न्यायाधीश दिपक खनालको आदेश अनुसार सहकारीका प्रबन्धक तथा सिचिव विराटनगरका ३४ वर्षिय इश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगर ६८ वर्षिय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षिय विष्णुप्रसाद सुवेदी पुर्पक्षको लागि थुनामा गएका हुन् । सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारी हुन् ।

उनीहरुलाई मुलुकी ऐनको अदालती बन्दवस्तीको ११८ को २ बमोजिम थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर