AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७५, मंगलवार २०:१७
3
Shares
विराटनगर / लामो समयदेखि पर्यटन क्षेत्रमा रहेका विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट प्रबल जनसेवा श्रीद्वारा विभुषित भएका छन् ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई विभुषणबाट सम्मान गरिएको थियो ।
विराटनगर ११ घर भएका श्रेष्ठलाई राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याए वापत उक्त विभुषण प्रदान गरिएको हो ।

विभूषण अधिकार पत्रमा भनिएको छ, प्रदान गरिएको मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवम् श्रीवृद्धिमा तपाईलाई थप सफलता प्राप्त हुनेछ ।

उक्त सम्मानपत्रमा विभूषण समितिका अध्यक्ष इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर रहेको गरिएको छ ।

पर्यटन क्षेत्रमा योगदान पुर्याउने देशभरका व्यवसायीमध्ये श्रेष्ठ एक्लै सम्मानित भएका हुन् ।विगत लामो समयदेखि पर्यटन क्षेत्रमा काम गरिरहेका श्रेष्ठ विराटनगरमा रहेको होटल इश्टर्नस्टारका सञ्चालकसमेत हुन् । उनले पर्यटनको क्षेत्रमा विभिन्न संघसंस्थामा रहेर महत्वपूर्ण जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर