CLASSICTECH NET

रथयात्रामा उश्रृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

खबर पूर्वाञ्चल, १८ भाद्र २०७५, सोमबार २२:०२
फाइल तस्वीर

विराटनगर / विराटनगरमा आज निस्किएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा उश्रृंखल गतिविधि गर्ने ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रथयात्राको समयमा भिडभाडमा उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । ‘भिडभाडको मौका छोपी संकास्पथ गतिविधि गर्ने गरेको देखियो,’ एसपी केसीले भने, ‘घटना हुन नदिने नियन्त्रणमा लिएका हौं ।’ उनीहरुको गरेको घटनाको अवस्था हेरेर छोडने वा अनुसन्धान गरि प्रक्रिया अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ ।

रथयात्रामा पहिलो पटक ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरेको कारणले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । सुरक्षाका लागि एक हजार बढी नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको एसपी केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५