RUMPUM
animated ellipse animated ellipse

काम नगर्ने ठेकेदारलाई कार्वाही हुन्छ– महासेठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७५, सोमबार १३:२०
3
Shares
कुमोद अधिकारी
विराटनगर /यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले समयमा काम नर्गने डेढसय निमार्ण व्यवसायी कार्वाही गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संञरकर्मीसँकुरा गर्दै मन्त्री महासेठले कार्वाहीमा परेका निमार्ण व्यवसायीलाई एक करोडदेखि पाँच करोडसम्म जरिवाना गरिएको बताएका हुन । नेपाल सरकारको रकम लिएर काम नर्गर्ने ठेकेदारको लिस्ट बनाएर कार्वाही प्रक्रिया अघि बढाएको उनले वताए । मन्त्री महासेठले कानुनभन्दा माथी कोही नरहेको बताउदै सरकारको कामको जिम्मेवारी लिएर समयमा काम पुरा नर्गने जो कोहीलाई कानुनको दाहेरामा ल्याउने बताए ।

मन्त्री महासेठले यातायातक्षेत्रमा सेण्डिकेट सदाको लागी अन्त्य भएको बताए । सेण्डिकेट हटाउन नखोज्ने २ सय ४५ कम्पनीको वैंक खाता रोकेर सम्पती सुद्धिढिकरण आयोगले छानविन गरिरहेको उनको भनाई थियो ।

यातायातक्षेत्रलाई व्यवस्थित बनाउन तीन लाख स्र्माट लाइसेन्स वितरण गरि सकेको र ४ लाख लाइसेन्स वितरण गर्ने तयारीमा मन्त्रालय रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर