RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आज एेतिहासिक ५१ संस्करणको रथयात्रा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७५, सोमबार ०८:४३
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगरमा आज दिउँसो एेतिहासिक ५१ संस्करणको श्रीकृष्ण रथयात्रा निकालिदैछ । विराटनगरको तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा सञ्चालकालागि मुख्यमार्गमा ४० स्थानमा विश्राम स्थान तोकीएको छ ।

रथयात्राको सुरुवात प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले गर्नेछन् । प्रदेश १ को सरकारलृ आज रथयात्राको दिन मोरङ र सुनसरीमा सार्वजनीक विदा दिएको छ । राधाकृष्ण रथयात्राको ५१ औ संस्करणमा बग्गी र हेलिकप्टर प्रयोग गरिने छ । आज दिउँसो ४ बजेदेखि सुरु हुने रथयात्रालाई आकर्शक बनाउन हेलिकप्टरबाट पुष्पबृष्टी गरिने छ भने रथको अग्रभागमा बग्गी प्रयोग गरिने छ । रथयात्रा मुल समारोह समितिले रथयात्रालाई भब्य र व्यवस्थीत बनाउन १९ वटा उपसमिति गठन गरेको छ ।

गतबर्ष सडक बिगिएका कारण पूरा रुट नहिडेको रथयलाई यस बर्ष भने पूरानै रुट अनुसार घुमाइने छ । विराटनगर तीनपैनी स्थीत राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी हुदै पुन मन्दीर परिषर तीनपैनीमा पुगेर समापन हुने छ ।

रथयात्राकालागि सडकहरुको खाल्डा खुल्टी पुरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनका अनुसार सधै भत्कीएको ठाउँमा कालोपत्रे गर्ने चलन रहेपनि यसपाली भने ढुंगागिटी र बालुहा हालेर मिलाइएको छ । निर्माणकालागि पूनः सडक भत्काउनु पर्ने भएकाले दोहोरो खर्च नगरेको मेयर पराजुलीले जानकारी दिए । भक्तजनहरुको भिडलाई मध्यनजर गर्दै सडकका भत्कीएका नालीहरुमा अस्थायी स्लाब पनि प्रयोग गरिएको छ । रथपात्राकालागि नृत्य तथा झाँकी प्रदर्शनकालागि १७ वटा स्थान तोकिदिएको छ । राधाकृष्ण रथयात्रामा अबान्छित गतिविधि नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिने छ ।

राधाकृष्ण मन्दिरबाट निस्कीने रथ एसियाको ठूलो जगन्नाथ पुरीको रथयात्रा पछिको दोस्रा ठूलो रथयात्रा मानिदै आएको छ । श्री कृष्ण जन्मअष्टमीको भोली पल्ट निकालिने रथयात्रामा नेपाल तथा भारतबाट करिब पाँचलाख भक्तजन सहभागि हुने रथयात्राले विराटनगर बजारको करिव ७ किलोमिटर दुरी पार गर्ने छ ।

एसियाकै ठुलो रथयात्रा भारतको जगन्ननाथ पुरीको रथयात्रा पछिको दोस्रो रथयात्रा मानिनै आएको छ । रथयात्राको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकालागि अत्याधुनिक ड्रोन क्यामेराबाट रथयात्रालाई निगरानी गरिने छ भने १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरनिे भएको छ ।

रथयात्रालाई सुरक्षा प्रदान गर्न ड्रोन क्यामेरासहित विषेश सुरक्षाको टोली काठमाण्डौंबाट आएको मोरङ प्रहरीका प्रमुख मनोज केसीले जानकारी दिए । वि.स. १९८८ देखि खट यात्राको रुपमा सुरु भएको रथयात्रा वि.स. २०२५ सालदेखि रथयात्राको रुपमा सरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर