RUMPUM
animated ellipse animated ellipse

एभरेष्टमा श्रीकृष्णजन्माष्टमीको विविध कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७५, आईतवार २०:५१
3
Shares
विराटनगर / विराटनगर–६ मा रहेको एभरेष्ट सेकेण्डरी स्कूलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकालाई संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि एक सम्मका बालबालिकालाई राधाकृष्ण बनाई श्री कृष्णजन्माष्टमीको महत्वका बारेमा जानकारी गराइएको थियो । हिन्दु धर्मअनुसार श्री कृष्ण भगवान जन्मेको दिनको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने धार्मीक संस्कार छ । यहि संस्कारलाई बालबालिकाकै अवस्थादेखि जानकारी दिँदै गए संस्कृतीको जगेर्नामा सघाउ पुग्ने विश्वास विद्यालयको छ ।

राधा र कृष्णको रुपमा बालबालिकालाई सजाएर कक्षा–कक्षामा लगेर यस पर्वको बारेमा जानकारी दिइएको विद्यालयकी शिक्षीका सुस्मिता थापाले बताइन् । अधिकांश चाडपर्वमा बालबालिकालाई सम्बन्धित संस्कृतीसँग जोडिएका गतिविधिमा सम्लग्न गराउदै आएको विद्यालयले रक्षा बन्धन तथा जनैपूर्णिमाको दिनपनि बालबालिकाहरुलाई एकअर्कालाई राखि बाँध्ने र क्वाँटि ख्वाउने कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर