RUMPUM
animated ellipse animated ellipse

आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भूमिका अपरिहार्य– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७५, शनिबार २०:३९
3
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीमा रहेको राजसती महिला बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा बचत निक्षेप ५ करोड ६९ लाख ९५ हजार ९ सय ३ रुपैयाँ रहेको छ ।

टंकिसिनवारीमा आज भएको सहकारीको १८ औं वार्षिक साधरणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको अध्यक्ष तारादेवी राईले यस्तो जानकारी दिइन् । ८ सय २५ जना सेयर सदस्य रहेको सहकारीको शेयर निक्षेप ७८ हजार ४ सय ८० रुपैयाँ रहेको छ । सहकारीमा ७ सय ७४ जनाले नियमित बचत गर्दै आएको छन् भने समूहमा बचत ४० जनाको रहेको बताइएको छ । सहकारीले ३ सय ७० जनालाई ६ करोड ५७ लाख ४२ हजार ७ सय ८८ रुपैयाँ ऋण लगानी गरेको छ ।

चालू आर्थि वर्षमा ७ करोड रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीको छ । सहकारीले आर्थिक वर्ष ९७ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ आम्दानी गरेको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भूमिका अपरिहार्य रहेको बताए । उनले आर्थिक क्षेत्र र समद्धीमा सहकारीको एउटा खम्बाको रुपमा रहेकोले पारदर्शी र योजना बनाएर अगाडी बढनु पर्नेमा जोड दिए । आर्थिक रुपमा सक्षम बनाउन सहकारीको भूमिका ठूलो रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई प्राथामिकतामा राखेको बताए ।

सहकारीको वार्षिक साधरण सभाको अवसर पारेर ७५ वर्ष पुरा गरेका २० जना जेष्ठ नागरिकलाई सम्मान गरियो । त्यस्तै ३ जना एकल महिला, ६५ वर्ष पुरा गरेका ७ जना जेष्ठ महिला, सरकारी र निजी विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने १० जना विद्यार्थीहरुलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुनेहरुलाई मुख्यमन्त्री राई र सहकारीकी अध्यक्ष राईले गरे । महिला मात्र आवद्ध भएको यस सहकारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर