AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ठेला चालकको शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७५, शनिबार १७:४१
3
Shares
विराटनगर / विराटनगरमा लामो समयदेखि ठेला कुदाउँदै आउने विराटनगर रामपुरका ४० वर्षिय रामचन्द्र पासवानको मृत अवस्थामा शव फेला परेको छ ।

घरबाट हराएको दुई दिनपछि आफनै घरछेउको नालामा मृत अवस्थामा आज शव फेला परेको हो । स्थानियले मृत अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोष्मार्टको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखेको मोरङ प्रहरीले जनाएको छ ।

मदिरा सेवन गर्ने पासवान बिहीबार साँझ घरमा मदिरा खाएर गएको बताइएको छ । घरमा समान्य भनाभन भएपछि सोही दिन घरबाट बाहिर हिडेका थिए । मृतकको २ छोरा, २ छोरी र श्रीमति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर