AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिन्दू राष्ट्र नेपालको पहिचान–अध्यक्ष थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७५, बिहीबार १९:१७
3
Shares
हिन्दु जागरण अभियानमा सहभागि अध्यक्ष थापासहित अन्य नेता । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र सनातन धर्म राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन हिन्दुु राष्ट्रको आवाज उठाएको बताएका छन् ।

आज विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश १ बाट हिन्दु राष्ट्र पुर्नस्थापनाको माग सहित राष्ट्रिय जागरण अभियानको उद्घाटन गदै सो कुरा अध्यक्ष थापाले बताएका हुन् ।

उनले हिन्दु राष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधार स्तम्भ भएको समेत बताए । अध्यक्ष थापाले नेपालको पहिचान, नेपालीको एकता र नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको आवाज उठाएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले धर्म निरपेक्षताको नाममा नेपालीलाई विभाजित गर्ने काम भएकाले गैर हिन्दुहरुले समेत अभियानलाई सर्मथन गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री टंक ढकाल,राप्रपाका केन्द्रीय सदस्य अर्जुन राई, राप्रपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष प्रल्हाद, साहस्वामी भागवाताचार्य,राष्ट्रिय मुस्लिम संगठनका केन्द्रीय सदस्य मोहम्मद मुस्लिम मियांलगायतले हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा बोले ।

राप्रपाले यसअघि साउन २ गते काठमाण्डौमा र २५ गते पोखरामा जागरण अभियान संचालन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर