AArya
RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी प्रकरण : थप पाँच जना कारागार चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७५, बुधबार २१:१२
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दामा थप पाँच जनालाई जिल्ला अदाल मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश नारयणप्रसाद शर्माको इजलासले विमल पोद्दार, सञ्जय खेतान भन्ने प्रभात अग्रवाल, आर.डि.राजु भन्ने राजकुमार दारुका, डब्बु भन्ने ईम्तियाज उद्दिन र सलमान खान भन्ने शैयद अकबर साहलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

सुन तस्करी तथा हत्या प्रकरण मुद्दामा पछिल्लो समय पक्राउ परेका पाँच जना र बाला दाई भन्ने बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुङगनालाई फरार प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बिहीबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियुक्तहरुको अदालतमा बयानपछि मंगलबारदेखि थुनछेक बहस भएको श्रेस्तेदार दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर