AArya
RUMPUM
animated ellipse animated ellipse

ज्यान मार्ने उद्योगमा फरार रहेका वडा सदस्य पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७५, सोमबार १४:३५
3
Shares
उर्लाबारी / ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा लागेका फरार अभियुक्त तथा मोरङको उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् ।

शाक्यलाई आइतबार राती ११ बजे उर्लाबारी–४ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाको नेतृत्व टोली पक्राउ गरेको हो । मोरङ–११ मा आवद्ध फुटबल खेलाडि २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तरगत मुद्दा चलाइएको छ ।

उर्लाबारी–५ एक होटलमा असार ७ गते शाक्यले तामाङलाई छुरा प्रहार थिए । उर्लाबारी जेसीजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी तथा उर्लाबारी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष पनि हुन् । ज्यान मार्ने उद्योगमा म्याद थप गरी कार्वाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक तिम्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर