पूर्वाञ्चल खबर
सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको टेक्नोलोजीले हिमालयन दर्शन कलेजका विद्यार्थीलाई प्रविधि तर्फ दक्ष बनाउन इन्र्टनशिप, प्लेसमेन्ट तथा कलेजमा शिक्षकहरुलाई प्रविधिको बारेमा प्रशिक्षण तथा सहयोग गर्नेछ । विराटनगरलाई आइटी हब बनाउने उदेश्यले सम्झौता गरिएको क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । सम्झौता पत्रमा रिगो टेक्नोलोजीको तर्फबाट सुरज लामिछाने र हिमालयन दर्शन कलेजको तर्फबाट कलेजका अध्यक्ष भेषराज शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।