पूर्वाञ्चल खबर
जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको सहकार्यमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस’ (एसपिआरए) र एकेडेमिक एनलाईसिस रिसोर्स प्रोग्रामिङ(इआरपी) सिस्टमको सुरुवात गरेको हो ।
सिस्टमको सूचना प्रविधिद्धारा विद्यालयको गतिविधि अध्ययन गर्नुका साथै विद्यार्थीहरुको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापको अध्ययने एकैसाथ गाउ“पालिकाका प्रमुख, शिक्षक र अभिभावकले दैनिक, साप्ताहिक र मासिक रुपमा अनुगमन गर्न सकिने छ ।
विद्यालयको अध्ययनस्तरको मापन, नियमन, गुणस्तर कायम गर्न प्रविधि उपयोगी रहेको स्थानीय अभिभावहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट विद्यालयहाता भित्र हुने सम्पूर्ण गतिविधि जानकारी प्राप्त भै विद्यार्थीेको अध्ययन शैलीमा वृद्धि हुनुका साथै शिक्षकको विद्यार्थीहरुलाई अध्यापनमा लगनशिलत ल्याउने बताइएको छ ।