पूर्वाञ्चल खबर
सुरक्षा गार्डको रुपमा कार्यरत विराटनगर– ४ पिपल चौकका ५० वर्षिय टंक भट्टराईको हत्या गर्ने हत्यारा पक्राउ नपरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग राख्दै भट्टराईका आफन्तहरुले शवसहित प्रर्दशन गरेका हुन् ।
विराटनगरमा रहेको विराट अस्पताल नजिकैको न्यू बिक्की हार्डवेयरको सुरक्षा गर्दा भट्टराईको हत्या भएपछि आइतबार दिउँसो शव फेला परेको थियो । भटराईको शव धरानस्थित विपि कोइराला विज्ञान प्रष्ठिानमा पोस्टमार्टम लगतै शवसहित आफन्त र छिमेकीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
विराटनगर ४ पिपल चौक स्थित घरबाट निस्किएको शवसहितको प्रदर्शन बरगाछी चौकहुँदै चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयरको पसल अगाडी शव राखेर प्रर्दशनमा उत्रिएका थिए ।उनीहरुले ‘मजदुर मार्न पाइदैन, हत्यारा चाँडो पक्राउ गरि कारबाही गर, हत्या हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर,लगायतको विभिन्न नारा लगाएका थिए ।