पूर्वाञ्चल खबर
तत्लो तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि ३० वटा भन्दा बढी कार्यदल गठन गरिएको छ । नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले भन्नुभयो, ‘म्याद सकिए पनि दुईचार दिन तलमाथि हुनसक्छ । त्यसमा केही फरक पर्दैन प्रतिवेदनहरू आउँदैछन् सायद अब चाँडै टुङ्गो लाग्न सक्छ ।’
जेठ ६ गते बसेको नेकपाको सचिवालय बैठकले तीन महिनाभित्र सम्पूर्ण भ्रातृ संगठन तथा तल्ला कमिटीहरूको बीचमा चाँडै टुङ्गो लगाउने निर्णय भएको थियो । साउनको अन्तिम साता बसेको पार्टी सचिवालयको बैठकले साउनभित्र सम्पूर्ण कार्यदलले आआफ्नो प्रतिवेदन बुझाउने र भदौ ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रियाको टुङ्गो लगाउने निर्णय गरेको थियो । र, निर्णयबारेमा सम्पूर्ण कार्यदललाई जानकारी पनि पठाइएको थियो । नेकपा पार्टी कार्यालय धुम्वाराही स्रोतका अनुसार हालसम्म कर्णाली प्रदेश र प्रदेश ५ ले मात्र प्रतिवेदन बुझाएका छन् । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।