पूर्वाञ्चल खबर
अज्ञात समूहले उक्त स्कूलको खानेपानी ट्याङ्कीमा विषादी भएको पानी मिसाएको खाँदा उक्त स्कूलमा अध्ययरत विद्यार्थीहरु आज बिरामी परेका हुन् ।
उनीहरुको अहिले उर्लाबारीमा रहेको मंगलबार अस्पतालमा उपचार भइरहेको स्कूलका प्रधानध्यापक खेमराज दुलाले जानकारी दिए । ‘सायप्रिन’ नामक औषधी हालिएको खानेपानी पिउँदा विद्यार्थी बिरामी परेको प्रधानाध्यापक दुलाले बताए ।
बिरामी विद्यार्थीमध्ये सृष्टि निरौला र खुश्बु मिश्रले लगातार वान्ता गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।
बिषादी हालेको पानी खाँदा कक्षा ९ मा अध्ययनरत अमृत पौडेल, खुश्वु मिश्र, मनकुमारी गजमेर, गीता सापकोटा, अञ्जली लिम्बू, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत रिजन विक, युरेन लिम्बू, कक्षा ५ मा अध्ययनरत मेश राई, सिर्जना निरौला, कक्षा ४ मा अध्ययनरत चेतन खड्का, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला, प्रतिमा लिम्बू, कक्षा ६ मा अध्ययनरत मनिष थापा र कक्षा १० मा अध्ययनरत पूजा लिम्बू बिरामी परेका छन् ।
बिहान ११ बजे बिद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकहरुलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको भित्र एक सय मिलिलिटरको सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक यूवराज खतिवडाले जानकारी दिए ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको स्कूले जनाएको छ ।