पूर्वाञ्चल खबर
अन्तरङ्गको आयोजनामा विराटनगरमा आजदेखि तालिम सुरु भएको हो ।
। सामुदायिक स्कूलमा अध्ययन गराउने शिक्षकहरुको वृत्ति विकास गराउन यस्तो तालिम दिएको बताइएको छ । सात दिन सम्म संचालन हुने उक्त तालिममा १ नम्बर प्रदेशका विभिन्न जिल्लामा रहेको सामुदाकिय स्कूलमा पठपाठन गराउने २० जना शिक्षकहरुको सहभागि रहेको छ । सात दिनसम्म संचालन हुने उक्त तालिमको सहजिकरण सुष्मा रेग्मी, सुनिता श्रेष्ठ, कल्पना दङगाल, आसिष भूसाल र करिष्मा काफ्लले गर्ने भएकी छिन् ।
तालिमको उद्घाटन विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीले गरेका थिए । उनले तालिमको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुको लागि यस्तो तालिम आवश्यक रहेको बताए । उनले तालिममा सिकको ज्ञान व्यवहारमा उतानुपर्नेमा जोड दिए । ‘विद्यार्थीहरुको भविष्य निमार्ण गर्ने शिक्षकहरुको हातमा हनुेछ,’ प्रमुख पराजुलीले भने, ‘परिणमुखी शिक्षा प्रदान गरेमात्र विद्याथीको भविष्य उज्जल हुनेछ ।’