पूर्वाञ्चल खबर
अस्पतालका चिकित्सक, नर्स, अन्य कर्मचारीहरुलगायत रोटरी क्लब अफ विराटनगर मिडटाउनका पदाधिकारीले रतmदान गरेका थिए । अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाले रतmदान गरेर कार्यक्रमको उदघाटन गरेका थिए । अस्पतालका बरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डले रतmदानको महत्वको विषयमा प्रकाश पारेका थिए ।
सो अवसरमा रोटरी क्लब अफ विराटनगर मिडटाउनका अध्यक्ष दिपबहादुर खापुगंले न्यूरो अस्पताल र रोटरी क्लबको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रतmदान कार्यक्रमहरु हुदै आइरहेको बताए । कार्यक्रममा घनश्याम राठी, शिव प्रधान, सुजन थापा, पुण्य भट्टराई तथा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
न्यूरो अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, स्वास्थ्य शिविरहरु तथा रतmदान कार्यक्रमहरु गर्दे आइरहेको र यसलाई भविष्यमा पनि निरन्तरता दिने अस्पतालले जनाएको छ ।