AArya
RUMPUM
animated ellipse animated ellipse

विधुत चोरी गर्ने ९ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०७५, सोमबार १६:५४
3
Shares
विराटनगर / विधुत चुहावट नियन्त्रणमा खटिएका टोलीले बिधुत चोरी गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ ।

टोलीले मोरङको जहदा गाउँपालिका ७ मा बिद्युत चोरी गर्नेलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ७ का ३५ वर्षिय विरेन्द्रकुमार खाती, सोही स्थानका ३५ वर्षिय फागु हस्दा, ६३ वर्षिय जगत हेमरन, ३१ वर्षिय संजय कुमार हेमरन, ४० वर्षका बर्ष हेमरन, ६० वर्षका मोहन मरण्डी, ६० वर्षका दशनाथ मरण्डी र ३३ वर्षका संजय साह रहेका छन् ।

विधुत चुहावट नियन्त्रणमा खटिएको टोलीले बेलुका ८ देखि १२ बजेसम्म जहदा गाउँपालिका एरियामा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुले अवैध रुपले बिजुलीको पोलबाट हुकिङ गरी घरमा बिजुली लगेको फेला पारेका थिए । पक्राउ परेका व्यक्तिहरुलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर