पूर्वाञ्चल खबर
सो संस्थाका अध्यक्ष धुव्रचन्द पराजुलीको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको सो सभाले अध्यक्ष पराजुलीले प्रस्तुत गरेको भावी कार्ययोजना, सचिव मात्रीका दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द भट्टराईले प्रस्तुत गरेको आर्थीक प्रतिवेदन र लेखा समितिका संयोजक रमेश प्रधानले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।
छ बर्ष अघि स्थापित सो संस्थाको ७६ लाख २७ हजार शेयर पुजी तथा ६८ करोड ९६ लाख ३२ हजार ५ सय ६१ रुपया निक्षेप संकलन गरी ४ लाख ८१ हजार १ सय ५९ रुपैया खुद मुनाफा गरेके संस्थाको बार्षीक प्रतिवेदनमा उल्लेख गरिएको छ । सभामा प्रमुख अतिथी फागो तथा सहकारीका अभियान्ता तेजकुमार रिजालले संस्थाले गरेको कार्यको प्रशंशा गर्दै शेयर सदस्यहरुको आर्थिक समृद्धिमा कार्य गर्न सुझाव दिनु भएको थियो ।