को होला उर्लाबारी उवासंघको अध्यक्ष ?

खबर पूर्वाञ्चल, १६ श्रावण २०७५, बुधबार १९:३६

उर्लाबारी / उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ९ र १० गते हुने चुनाबी साधारण सभा नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेदवारहरु आफ्नो प्यानल सहित व्यवसायीहरुको माझ पुगेर भोट माग्नमा व्यस्त भएका छन् ।

अध्यक्षका आकांक्षीहरु प्रितम खड्गी,चन्द्रबहादुर भट्टराई र धर्मराज शाक्य आफ्नो एजेण्डा सहित भोट मागिरहेका छन् । व्यापारी बृतमा यतिवेला प्रितम खड्गी यस पटकको अध्यक्ष बन्ने अड्कलवाजी छ । खड्गी यतिवेला व्यापारीमाझ लोकप्रिय छन् । यसअघिको चुनाबमा हार बेहोरेका खड्गी उर्लाबारी उद्योण बाणिज्य संघलाई प्रदेश नम्बर १ कै नमुना वाािण्ज्य संघ बनाउने प्रतिवद्धता सहित अघि बढिरहेका छन् । धर्मराज शाक्य र भरत भट्टराई यसअघि नै अध्यक्ष भएर काम गरिसकेकोले अव यसपटक प्रितमलाई जिताउनुपर्छ भन्ने मनसायमा रहेको बजार तथा चियापसलमा कुराकानी भएको पाईन्छ ।

धर्मराज शाक्य र भरत भट्टराईको कार्याकाल पनि हेरियो,अब प्रितम अध्यक्ष बन्दा नि हुन्छ, उनी नि केहि गरौं भन्ने उर्जाशिल युवा हुन,आजभोली यस्तै कुराकानीहरु बजारमा भईरहेका छन् । भरत भट्टराई यसअघि अध्यक्ष भएर पनि आफ्नै एजेण्डाहरु पुरा गर्न नसकेको भन्ने आरोप लाग्न थालेको छ भने धर्मराज शाक्य पनि एकपटक अध्यक्ष भएर त्यसपछि हारेर किन फेरि उठ्न लागेका हुन भन्ने प्रश्न व्यापारीहरु तेर्साईरहेका छन् । तर उनी अधुरा काम गर्न उम्मेदवारी दिने बताईरहेका छन् । धर्मराज शाक्य अरु बोल्ने आफु काम गर्ने मान्छे भएको बताउछन् । सबैभन्दा भिजन भई धैरै राम्रो काम गर्न सक्ने भएपनि यसअघिको चुनाबमा हार बेहोरेका प्रितम हारलाई पाठको रुपमा लिएर अघि बढ्दैं आफु बिजयी भएर उर्लाबारीका व्यवसायीहरुले मन जित्ने काम गर्ने बताउछन्,तर आफुलाई मौका दिनुपर्ने बताउछन् ।

बजारमा जे जस्तो चर्चा भएपनि दलिय आधारमा चुनाब हुने निश्चित भएको छ । भरत भट्टराई बाम समर्थक हुन भने प्रितम लोकतान्त्रिक गठबन्धनका, धर्मराज शाक्य स्वतन्त्र भनिरहेका छन् । उनीहरु व्यापारीहरुको हकहितका लागि का गर्ने बताईरहेका छन् । चुनाब कस्ले जित्ने हो, व्यापारीहरुले कस्लाई छाँन्नेहुन मतको नतिजा नआई भन्न सकिने अवस्था छैन् ।

अन्य पदका को को छन आकांक्षी

३० औं साधारणसभाअन्तर्गत आगामी भदौ ९ गते हुने संघको निर्बाचनका लागि संघका वर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’, पूर्व अध्यक्ष धर्मराज शाक्य र पूर्व महासचिव प्रितम खड्गी अध्यक्ष पदका दाबेदार भईहाले ।

यस्तै अन्य पदमा संघका वरिष्ठ उपाध्यक्षमा कम्युनिष्टसहितको गठबन्धनले इन्द्रबहादुर भट्टराई र कांग्रेससहितको गठबन्धनले विनोद न्यौपानेलाई उम्मेदवार बनाएको छ । भट्टराईको तुलनामा बिनोदको माहौल निक्कै छ ।

उद्योग उपाध्यक्षमा कम्युनिष्ट सहितका गठबन्धनले यमलाल रसाइली र कांग्रेससहितका गठबन्धनले अरुण अग्रवाललाई उम्मेदवार बनाएको छ । वाणिज्य उपाध्यक्षमा कम्युनिष्ट गठबन्धनका शेरबहादुर भण्डारी र कांग्रेस गठबन्धनका संगीता अधिकारीबीच भिडन्त हुने निश्चित देखिएको छ । अधिकारी यसअघिको चुनाबमा सबैभन्दा बढि मत ल्याएर सदस्य पदमा बिजयी हुने उम्मेदवार हुन् ।

त्यसैगरी महासचिवमा कम्युनिष्ट गठबन्धनका रामबहादुर थापा र कांग्रेस गठबन्धनका हेमराज गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । हेमराज समाजसेवा मार्फत चर्चामा रहेको व्यक्ति हुन । उनी बोल्ने मात्र होईन,काम गर्ने व्यक्ति पनि भनेर चिनिन्छन् । उद्योग सचिवमा कम्युनिष्ट गठबन्धनका सम्झना खतिवडा र कांग्रेस गठबन्धनका प्रदिप खनालले प्रतिस्पर्धा गर्नेछन् भने वाणिज्य सचिवमा कम्युनिष्ट गठबन्धनका तारा श्रेष्ठ र कांग्रेस गठबन्धनका नेत्र आपागाई खडा भएका छन् । कोषाध्यक्षमा भने कम्युनिष्ट गठबन्धनका सुनिल बोहोरा र कांग्रेस गठबन्धनका सानु सुवेदी उम्मेदवार बन्ने निश्चित भएको छ ।

त्यसैगरी सदस्यहरुमा कम्युनिष्ट गठबन्धनका डिल्ली खतिवडा, यज्ञबहादुर बस्नेत, युगल राई, योगेन्द्र निरौला र शंकर थपलिया तथा कांग्रेस गठबन्धनका कृष्ण गिरी, निर्मला चौहान, संजय शर्मा, टिंकु गिरी र कुसुुम राईले उम्मेदवारी दिनेछन् ।

लेखा संयोजकमा कम्युनिष्ट गठबन्धनका केदार रिजाल र कांग्रेस गठबन्धनका दोर्ण अधिकारीबीच प्रतिस्पर्धा हुनेछ । लेखा सदस्यमा कम्युनिष्ट गठबन्धनका विनिता दाहाल र जंगबहादुर कार्की तथा कांग्रेस गठबन्धनका सुरेश राई र दिपक गहतराजले उम्मेदवारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५