दुई लाख बढीको अवैध सामान बरामद

खबर पूर्वाञ्चल, १४ श्रावण २०७५, सोमबार १४:४८

विराटनगर / इलाका प्रहरी कार्यालय रानीले चोरी तस्करी नियन्त्रण अभियान अन्तरगत दुई लाख बढीको अवैध सामान बरामद गरेको छ ।

इप्रका रानीबाट खटिएको टोलीले विराटनगर १५ हुलास मेटल चौकबाट २ लाख ४६ हजार ७५ रुपैया बराबरको भन्सार छली गरी भारतबाट ल्याएको अवैध सामान आज बरामद गरेको हो ।
प्रहरीले खाद्यान्न, लत्ताकपडा, हरियो तरकारी लगायतका सामान बरामद गरेको थियो । प्रहरीले को २१ प ७०३ नम्बरको मोटरसाइकलबाट सो सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

सामानसहित तस्करीमा संलग्न मोरङ विराटनगर १७ बस्ने २२ वर्षीय रुस्तम मियाँ समेत पक्राउ परेका छन् । पक्राउ परेका मियाँ र सामानलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५