ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

खबर पूर्वाञ्चल, १४ श्रावण २०७५, सोमबार १४:४३

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका १ ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

मे १ त ५४९९ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खस्दा ट्याक्टरमा सवार मोरङ मिक्लाजुङ ६ तोरिबाराका २२ वर्षीय सुजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार मिक्लाजुङ – १ बस्ने ३१ वर्षीय महेश राई र सोही ठाउँका ४० वर्षीय काजीमान राई घाईते भएका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी टाँडीबाट तत्काल प्रहरी परिचालन भई घाईतेहरुको उद्दार गरी उपचाराका लागी स्थानीय अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुई जना घाइते
मोरङको बुढीगंगा गाउँपालिका २ कोशी राजमार्गमा मोटरसाइकल दुर्घटनामा दुई जाना घाइते भएका छन । घाइते हुनेहरुमा मोरङ विराटनगर महानगरपालिका ८ बस्ने २० वर्षीया अन्जली राजवंशी तथा मोटरसाइकलका चालक सुनसरी गढी गाउँपालिका ९ बस्ने ३३ वर्षीय राजेश साह रहेको प्रहरीले जनाएको छ ।

को ३४ प २८० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बाटोमा हिड्दै गरेकी राजवंशी घाइते भएकी हुन भने पैदलयात्रीलाई ठक्कर दिए पश्चात सो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक साह घाइते भएका थिए । दुबै घाइतेको विराट टिचिङ हस्पिटलमा उपचार भईरहेको छ भने दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय निमुवामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५