करोडौं लगानीमा बनेको कोल्टस्टोरेज अझै सञ्चालमा नआए पछी दक्षिणि भेगका कृषक मार्कामा

खबर पूर्वाञ्चल, १२ श्रावण २०७५, शनिबार २१:२१

रबिन्द्र बराल
रंगेली / मोरङको पुरानो सदरमुखान रंगेली नगरपालीका– ६ आमतोला चोक नजिकै २०६४ सालमा शिलान्यास भएको कोल्डस्टोर अझै सञ्चालनमा आएको छैन ।

कोल्डस्टोर २०६७ सालमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महा गुठिले निर्मणा सम्पन्न गरे पनि अझै सञ्चालनमा आएको छेन् । कोल्टस्टोरेज हाल सम्म सञ्चालमा नआउदाँ दक्षिण पूर्वी मोरङका कृषकहरुले उपयोग नर्ज नपाउँदा निरास भएका छन् ।

कोल्स्टोरेज सञ्चालन नहुँदा रंगेली नगरपालीका सुनवर्सि नगरपालीका , रतुवामाई नगरपालिका , धनपाल थान गाउँपालीका र कानेपोखरी गाउँपालीकालगायतका गाउँका कृषकहरुले कोल्डस्टोरेज सञ्चालनमा नआउँदा आफुले खेत वारीमा उत्पादन गरेको आलु, प्याज, लसुनलगायतका सामाग्रीहरु कोल्टस्टोरेजमा राख्नबाट बञ्चित हुनु परेको कृषकहरु बताउँछन् ।

विराटनगरका अरुण शर्माले १२ कठ्ठा जग्गा दान दिएपछि नेपाल भारतको सहयोगमा ३ करोड लागतमा निर्माण भएता पनि सञ्चालनमा नआउदाँ बालुवामा पानी हाले सरी भएको उनीहरुको भनाइ छ ।

२०६४ साल भदौ ७ गते सो कोल्डस्टोरेज शिलान्यास तत्कालीन भारतीय राजदुताका श्रि शिव शँकर मुखर्जीले गरेका थिए । २०६७ सालमा निर्माण सम्पन भएता पनि हाल सम्म सञ्चाल नहुदाँ यस भेगका कृषकले उव्जाएको आलु,प्याज,लसुनलगायत समाग्री नबिग्रियोस भनेर कोल्डस्टोरेजमा राख्नका लागि कृषकहरु विराटनगरमा लगेर राख्नुपर्ने बाध्यता रहेको कृषकहरुले बताए

रंगेली नगरपालिका ३ का कृषक हरिशंकर मण्डलले अहिले ६ बिघा खेती गर्ने गर्देछन । उनी आफ्नो खेतमा उत्पादन गरेको आलु नबिग्रियो भनेर कोल्डस्टोरेजमा राख्न विराटनगर स्थित गणेश कोल्डस्टोरेजमा लगेर राख्ने गरेको उनले बताए । आफुले आलु खेतीको समयमा एक सय मन आलु उत्पादन गर्ने गरेको र उक्त आलु कोलस्टोरेजमा राख्नुपर्ने भएको हुनाले उनले प्रति केजि ५ रुपैयाँका दरले रकम तिर्नुपर्ने भएता पनि कोल्डस्टोरेजले आलु बिग्रिएमा समेत स्टोरेज गरेका कृषकहरुले क्षेतिपुर्ति नपाएको गुनोसो पोखे ।

रंगेली नगरपालिकाका राधेश्याम राजवंशीले भने आफुहरुले खेत बारिमा उव्जाएको आलु,प्याज,लसुनलगायतका सामाग्रीहरु राम्रो र कुहिन नदिन कोल्स्टोरेजमा राखनु पर्ने हुन्छ । कोलस्टोरेज सञ्चालनमा नआउँदा आफुले खेतिमा अहिले आलु उत्पादन समेत कम गर्ने गरेको बताए । कोलस्टोरेज सञ्चालनमा नआउदाँ कागलाई बेल पाक्यो हर्सन बिस्मत भएको अनुभव भएको उनी बताउँछन् ।

अर्का कृषक नेत्र भट्टराईका अनुसार आफुले उव्जाएको तरकारीहरु नजिकै रहेको कोल्डस्टोरेजमा राख्न पाउने भयो भनेर खुशी भएको तर अहिलेसम्म सञ्चालनमा नआउदाँ दुखी भएको बताए । उनीहरु त पात्र मात्रै हुन उनी जस्ता कयौ कृषक अहिले पनि विराटनगर धाउन्न बाध्य रहेका छन् ।

रंगेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मीका अनुसार २०७४ साउन २७ गते कार्यपालिकाको निर्णयले उक्त गुठिको सम्बन्धित निकायमा सो कोल्डस्टोरेज नगरपालिकालाई लिज वा करार या सधैंका लागि नगरपालिकालाई हस्तान्तरण गर्नेका लागि परिपत्र गरेता नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महा गुठिलाई लिखित पत्रसहित जानकारी गराएको बताए ।

परिपत्र गरेको एक बर्ष बितिसक्दा समेत सम्धित निकायले बेवास्ता गरेको कारण रंगेली नगरपालिकाले २०७४र७५ सालमा समेत उक्त कोल्डस्टोरेजमा रकम छुट्याउन नसकेको र यस आर्थिक बर्ष २०७५र७६ सालमा समेत बजेट नछुटिआएको समेत बताए । अधिकृत रेग्मीका अनुसार कोल्डस्टोरेज सञ्चालनमा ल्याउनका लागि ८० लाख देखि १ करोड रुपैयाँ सम्म खर्च हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५