जवर्जस्ती उपचार गर्ने संजीवनी हस्पिटलमा महिलाकोे मृत्यु

खबर पूर्वाञ्चल, १२ श्रावण २०७५, शनिबार १७:२०

विराटनगर / थप उपचारको लागि रेफर गर्नु पर्ने विरामीलाई समेत पैसाँको लोपमा जवरजस्ती उपचार गराउने विराटनगरमा रहेको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टरमा एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

सामान्य टाउँको दुखेर उपचार गर्न आएकी भारत अरेरिया जिल्लाको कुसमाग्राम पञ्चायतकी २५ वर्षिय आयूसा खातुनको आज मृत्यु भएको हो । उक्त हस्पिटलको लापारबाहीको कारणले गर्दा विरामीको मृत्यु भएको पीडितका आफन्तको आरोप छ ।

नोवेल अस्पतामा उपचारको लागि गएका खातुनलाई दलालले बिहीबार साँझ संजिवनीमा पु¥याएको आयूसाको सासु बतुलमा खातुनले बताइन् । ‘बुहारीको टाउँको दुख्य भनेपछि नेपालको हस्पिटल तिर लगेको थिइम,’ उनले भनिन, ‘संजीवनीमा ल्याउने बितिकै सामान्य विरामीलाई समेत भेन्टिलेसनमा राख्यो । उपचारमा लापरबाहीले गर्दा बुहारीमको मृत्यु भयो ।

अस्पतालमा कार्यरत चिकित्सकले कहिले सोध्दा दिउँदोे छ भन्छ कहिले मरो भन्दै मानसिक रुपमा समेत तनाव दियो,’ बतुलमले भनिन् ।’
सातुनको २ छोरा र एक छोरी रहेका छन् । यस अघि पनि एक महिना अगाडी हस्पिटलको लापारबाहीले गर्दा विराटनगरका नगमा खातुनको मृत्यु भएको थियो । यता हस्पिटलका सञ्चालक बिनायक पन्तले रिफर भएर आएको विरामीको अवस्थामा गम्भिर भएकोले उपचारको क्रममा मृत्यु भएको बताए ।

बारम्बार विभादमा पर्दै आएको संजीवनी हस्पिटलले यस अघि हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर गरेको भन्दै डाक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरि हस्पिटलबाट निस्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५