AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसमा अन्तरकलह बढ्दो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७५, बुधबार १७:०८
3
Shares
विराटनगर / नेपाली कांग्रेसका जिल्ला सदस्य शिव थापासहित विराटनगर ४ र ५ का ५१ जना क्रियाशिल सदस्यले पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीभित्रको आन्तरिक कलह, समय अनुरुप पार्टीलाई रुपान्तरण गर्न नसकेको, पार्टीलाई नयाँ ढंगबाट संगठीत गर्न नसक्दा पार्टीभित्र नागरिकको मोह भंग हुँदै गएको भन्दै उनीहरुले राजिनामा दिएका हुन् ।
पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूलाई लामो पत्र र असहमतिका बुँदा राख्दै उनीहरुले असारको मध्यतिर राजिनामा दिएको पत्र सार्वजनिक भएको हो । राजिनामा पत्रमा पार्टीका सस्ता नारा, एजेण्डा र भाषणमा प्रजातान्त्रिक समाजवाद तथा आर्थिक क्रान्ति भनेको भएपनि व्यवहारमा उल्टै केन्द्रीयस्तरका नेतालगायत परिवारवाद हावी भई सांगठनीक निष्क्रियता बढ्दै गएको उनीहरुको ठहर छ ।

लामो समय सरकारमा बसेर सत्ता संचालन गर्दा पनि देशमा कुनै पनि सिस्टमको विकास नगरेर पुरै देश फेल बनाउन लागेको तितो यथार्थ भएको भन्दै पत्रमा पार्टीको छवि केही दलाल, पूँजीपति र माफिया समूहको अर्थात् परिवारवाद हावी भएको र वृहत जनहितको मुद्दा बिर्सिएको यथार्थ भएको आरोप लगाइएको छ ।

‘कांग्रेसमा विषयगत सोचको कमी, जनतालाई आकर्षण गर्ने मुद्दा–रोजगारी, आधारभूत आवश्यकता, गरिवी निवारण, शिक्षा, स्वास्थ्य, खाद्य र दैनिक सरोकारका विषय उठाउन कांग्रेस कमजोर भएको जगजाहेर छ,’ उक्त पत्रमा भनिएको छ, ‘अहिलेका कांग्रेसका तन्नेरीहरुमा पनि समय सापेक्षा योग्यता र क्षमताको आधारमा विषय विज्ञताको प्रदर्शन वा इतिहास रच्न जुट्दै नेतृत्वलाई खबरदारी गर्नुको सट्टा नेताहरुकै चाकडी, चुक्लि तथा चाप्लुसी गरी विभिन्न गुटउपगुटमा चरम विभाजित भई इतिहास भजाएर “बाउ बाजेले घिउ खाएका थिए, मेरो हात सुँघ”को अर्थमा पुरातनवादी व्यवहार र सोचमा परिवर्तनको संकेत नदेखिनु बिडम्बना नै हो ।’

‘एउटा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि नसक्ने अवस्थामा छ,’ राजिनामा दिनुपर्ने कारण बताउँदै पत्रमा उल्लेख छ, ‘यो नैतिक र सांगठनिक लाचारीपनको कुरिकुरिमा बस्नु भन्दा स्वतन्त्र बस्ने हाम्रो चाहना हो ।’ राजिनामा पत्रमा कांग्रेसले लिएको आर्थिक (निजीकरण) नीतिभित्र दीर्घकालिन रोजगारीका संरचनाहरु बन्न नसक्नुले यूवाहरुको विदेश पलायन लज्जास्पद विषय भएको भन्दै पार्टी भित्रका बुद्धीजिवीलाई व्यंग्य पनि गरिएको छ ।

राजिनामा पत्रमा विवेकको धरौटी राखेर चुनावमा मात्र प्रयोग हुने कारिन्दाहरु मात्र भएर नबस्ने भन्दै कांग्रेसको मूल नीतिविपरीत नेतृत्व वर्ग देखिएकोले विधान, ऐन र नियमको पक्षमा आफूहरु रहेको दाबी पनि गरिएको छ ।

राजिनामा दिनेहरु
१. शिवकुमार थापा
२. गणेशकुमार अधिकारी
३. बाबुराम पोखरेल
४. बिलमप्रसाद खरेल
५. भीम प्रसाद सापकोटा
६. हरि मेहत्तर
७. लिला कोइराला
८. रिताकुमारी थापा
९. कमला सापकोटा
१०. भूपाल थापा
११. सरु थापा
१२. सूर्यकुमार थापा
१३. शर्मिला थापा
१४. उमादेवी पोखरेल
१५. टीकादेवी खरेल
१६. उषा मेहत्तर
१७. अशोक चौहान
१८. डिल्लीराम भट्टराई
१९. सुधा घिमिरे
२०. पुष्पा चौहान
२१. कोकीला कोइराला
२२. प्रेम बहादुर बुढाथोकी
२३. चन्द्र बुढाथोकी
२४. बालकुमार बुढाथोकी
२५. लब थापा
२६. प्रमिला खड्का
२७. चन्द्रकला कोइराला थापा
२८. लक्ष्मी विष्ट
२९. जयबहादुर चौहान
३०. जमुनादेवी चौहान
३१. प्रकृती कट्वाल
३२. दुर्गा उराव
३३. बिमला अधिकारी
३४. लालानाथ लम्साल
३५. गंगादेवी लम्साल
३६. रमेश अधिकारी
३७. शान्ता अधिकारी
३८. रस्मित अधिकारी
३९. नेनराज अधिकारी
४०. राधा अधिकारी
४१. केशव प्याकुरेल
४२. इश्वर निरौला
४३. गोपाल सापकोटा
४४. उमा बास्कोटा
४५. राधा बास्कोटा
४६. विष्णुप्रसाद अधिकारी
४७. कृष्णदेवी अधिकारी
४८. अग्निप्रसाद अधिकारी
४९. लक्ष्मी दंगाल
५०. राजेश कार्की
५१. रमा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर