AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी दिक्षित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७५, सोमबार १६:४३
3
Shares
विराटनगर / विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (विविए) विषयमा दिक्षित भएका छन् ।

वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दिक्षित गरेको हो । विराटनगरमा आयोजित भब्य कार्यक्रमका वीच विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।

वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले विद्यार्थीहरुलाई दिक्षित गरेका थिए ।

समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने वताए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे ।

इनोभेट नेपाल ग्रुपका सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका वताए ।

सो अवसरमा वेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले शिप तथा दक्षता हासिल गर्ने कार्यमा वेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको वताए । बेलायतको शिक्षा नेपालमै पाएर दिक्षित हुन पाउनु गर्वको कुरा रहेको दिक्षित बिद्यार्थीहरुले अनुभब साटे ।

ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौ , पोखरा , इटहरी जस्तै विराटनगरमा पनि बिबिएमको कोर्स मेरिल्याण्ड कलेजले सञ्चालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री )(बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर