AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा‍.केसीकाे माग सम्बाेधन नभएकाे भन्दै सदन अवरुद्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७५, आईतवार १८:३९
3
Shares
विराटनगर / अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्नु पर्ने भन्दै आइतबार प्रदेश १ को २३ औ बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

सभामुख प्रदिपकुमार भण्डारीले सदनको कारवही अगाडी बढाए लगतै प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरु उभिएर सदन अवरोध गरेको थिए । सभामुख भण्डारीले ‘माननिय सादस्यहरु आफ्नो आसन ग्रहण गर्नुस’ पटक–पटक भने पनि सांसदहरु बसेनन् । त्यसपछि सभामुखले सत्ता पक्ष र प्रतिपक्ष दुबै तर्फका सांसदलाई बोल्ने समय दिएका थिए ।

सभामुखले दिएको समयमा प्रतिपक्षी दल नेपाली काग्रेसका सांसद लोकप्रसाद संग्रौलाले डाक्टर गोविन्द केसीको मागलाई जबसम्म उचित ढङगबाट सम्बोधन हुदैन तब सम्म सदन अवरोध गर्ने निर्णय गरीएको बताएका छन् ।

उनले मुलुक संयमता पूर्वक मध्यम मार्गिय बाटो जान्छ भन्ने विश्वास गरिएकोमा सरकारको दुइ तिहाइको दम्भको कारण साना मसिना कुराबाटै कलहको विउ रोपिएको जिकिर गरे ।

एउटा गोविन्द केसीको कारण दुइतिहाइको सरकारको अपमान नगराउन समेत सचेत गराए । द्वन्द्व र अभिमान भन्ने कुरा मानव जातिकालागी घातक भएको बताउदै उनले भने ‘सत्य,द्वापर,त्रेता युगका शक्तिसाली राज्यहरु अभिमानले निमत्याएको युद्धको कारण आफ्नो अस्थित्व गुमाउनु परेको थियो।’ राणहरुले अभिमानकै कारण सात सालको आन्दोलनले पाखा लाग्नु परेको बताए । एउटा मान्छेले अन्सन गरेर देशको निति र विचारमा परिवर्तन आउदैन भन्ने सोचले जुमलामा दमन गरिएको जिकिर गरे ।

सत्ता पक्षका सांसदलाई दिएको समयमा बुद्धिकुमार राजभण्डारीले अघिल्ला सरकारहरु हैकम बादकै कारण ढलेकोे स्विकारेका थिए । उनले प्रदेशबाट डा.गोविन्द केसीको माग सम्बोधन सम्भव नभएकोले सदनलाई पूर्ववत चल्न दिनु उपयुक्त हुने जिकिर गरे । उनले डा केसीको माग सम्बोधन अहिले कै सरकारले गर्नु पर्ने बाध्यता किन आयो ? विगतका सरकारहरुले किन सम्बोधन गरेनन ? भनेर प्रश्न उठाएका थिए । उनले आफ्नो सम्बोधनको क्रममा पटक पटक प्रतिपक्षका सांसदलाई चल्न दिन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर