‘ब्रेन क्यान्सर’ को उपचारकालागि याचना

खबर पूर्वाञ्चल, ६ श्रावण २०७५, आईतवार १२:४६

विराटनगर । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्स’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन ।

तात्कालिन मोरङको डाँगीहाट गाविस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजवंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन् ।

आजिबन कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर संघर्ष गरेको बताउने उनले सक्रृय राजनीतिमा लागेकै कारण केही कमाउन सकेनन । त्यसमाथि उपचारकै लागि भएको खेतबारी पनि बिक्रि गर्नुपरेपछि उनी आर्थिक रुपमा झन तनाम भए ।

फोक्सोबाट सुरु भएको क्यान्सर टाउकोमा सरेको थियो । नेपालमा उपचार हुन नसकेपछि उनले भारतको नयाँ दिल्ली स्थित राजिव गान्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेका छ । लामो समयदेखि उपचार गराइरहेका उनले ३५ लाख रुपैया उपचारमा खर्च गरिसकेका छन । अझै अन्तिम अप्रेसन बाँकी नै रहेको र त्यो गर्नकालागि ५ लाख रुपैया लाग्ने त्यो पैसा नभएकोले आफु र परिवार चिन्तित बनेको उनि बताउँछन् । बिराटनगर स्थित घरमा चिन्तित अवस्थामा बिक्रमले भने ,– ‘पाँच सात बिगाहा जमिन थियो सवै राजनीति र उपचारमा सकियो अब आधा बिगाहा जति मात्र बाँकी छ खानलाई पनि पुग्दैन अप्रेसनकालागि ५ लाख रुपैया कहाँबाट ल्याउने ?,

हक्की र खुल्ला स्वभावका बिक्रम तात्कालिन माओवादी केन्द्रका बुद्धिजीवि संगठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनले आफनो अन्तिम उपचारकालागि सरकारसँग सहयोग मागेपनि पाउन सकेका छैनन । भने , –‘ठूला नेताहरुले विदेशमा गएर करोडौ खर्च गर्दा केही हुदैन तर हामीले उपचारकालागि एक दुई लाख माग्दा राज्यको फजुल खर्च हुन्छ रे ।,

दुई छोरा र एक पत्नीका धनी विक्रमले आफु सम्पन्न परिवारको सदस्य भएपनि देशलाई सुन्दर बनाउन स्कुल पढदैदेखि कम्युनिष्ट पार्टीको सदस्य बनेर सक्रृयता पूर्वक आजिवन लागिपरेको र अझै लागिपर्ने बताउँछन । अन्तिम उपचारपछि स्वस्थ्य भएर पार्टीलाई अझै योगदान दिने उनको रहर छ । देशमा व्यवस्था फेरिएपनि अझै साँस्कृतिक क्रान्ति बाँकी नै रहेकोले मैले कयुनिष्ट दर्शनकालागि धेरै गर्नुछ यसैले सकेसम्म मा बाँचेर थप योगदान दिन चाहन्छु’ – उनले भने ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गोपी अछामीले विक्रम थापाको उपचार सहयोगकालागि आफुले पनि सरकारलाई झक्झक्याइरहेको बताए । तर मन्त्रालयबाट निर्णय हुन नसक्दा उपचारमा ढिलाई भैरहेको बताए । अछामीले भने , – ‘अत्यावश्यक बिरामीहरुको बारेमा सरकारले समस्या बर्गीकरण गरेर तत्काल सहयोग उपलव्ध गराउन आवश्यक छ ।,

बनारसमा अखिलको कार्यकर्ता फर्केपछि माओवादी बिद्रोही
तात्कालिन विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा पढ्दा बिद्यार्थी फणिन्द्र तिम्सिनाको हत्यापछि भएको तीन महिना आन्दोलनमा थापाले अखिको कार्यकर्ता बनेर सक्रृयता पुर्वक भाग लिएका थिए । त्यसपछि उनले पढनकालागि बनारस जानुपरेको थियो । बनारसमा उनले हाल पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल , जीवराज आश्रित , झलनाथ खनालहरु नजिक रहेर अखिलको कार्यकर्ता वनेर काम गरेका थिए । बनारसमा रहँदा भारतीय बिस्तारबाद बिरुद्ध पर्चा बाजी गर्ने , कम्युनिष्ट नेताहरु बनारस जाँदा कार्यक्रमरु आयोजना गर्ने काममा विक्रम खटिने गर्दथे ।

२०४६ मा गोरखपुर सुनौलीको बाटो हुदै पञ्चायत विरोधी पर्चा बोकेर नेपाल आउँदा उनी पक्राउ परेका थिए । तात्कालिन मालेका कार्यकर्ता भएपनि उनी सिपी मैनालीसँग गएनन । बासु शाक्यहरुको सम्पर्कमा रहेका उनी पछि मओवादी जनयुद्ध सुरु भएपछि सहयोगी बने । २०५४ मा उनी पूर्णकालिन बने । आफनै घरमा पार्टीको भूमिगत मिटिङ राखिरहेको समयमा २०५८ मा शाही सेनाले घेरा हालेर फौजी कार्वाही गरेको थियो । कार्वाहीमा बुद्धिजीबि संगठनका सदस्य कमरेड तुफान भनिने बयरबन रमाइलाका लक्ष्मी फुँयाल मारिए । तर उनलाई भने श्रीमती र साना छोराछोरीले गर्दा सेनाले मारेन । पक्राउ गरेर तारेखमा छाडयो । यो मोरङको सवै भन्दा ठूलो रेड थियो । धेरै विस्फोटक पर्दाथहरु सेनाले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५