मोरङ काँग्रेस सरकारविरुद्ध खरो उत्रने

खबर पूर्वाञ्चल, ५ श्रावण २०७५, शनिबार १९:०४

विराटनगर / नेपाली काँग्रेस मोरङ सरकारविरुद्ध खरो रुपमा उत्रने भएको छ ।
पार्टीको रणनीति तथा आगामी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिको आज बसेको बैठकले तहबाट माग भई आए अनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । प्रमुख विपक्षीको रुपमा रहेको काँग्रेसले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागितालगायत विषयमा निर्णय गरेको छ । पार्टी सचिव मोदराज घिमिरेले भने,‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५ विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’

घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटाङमा १२ बजे, विपी सेवा केन्द्र डायनिया १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताए । भने,‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट सुरु गर्दैछौं ।’ क्रियाशील कार्ड वितरण गर्न विरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा कार्ड वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ ।

केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा श्रावण १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी पूर्वलोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काँग्रेसले निर्णय गरेको छ । काठमाडौमा भएको नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईंलगायत माथि भएको धरपडकको भत्र्सनासमेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बेठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि उपस्थित थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५