पूर्वाञ्चल खबर
कोसी अञ्चल अस्पतालको सेवा बन्द भएपछि मोरङका अधिकारकर्मीहरुले अस्पताल जस्तो सम्बेदनशिल क्षेत्र बन्द नगर्न माग गरेका हुन् ।
मानवअधिकार सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जालको अगुवाइमा आज दिउँसो अस्पताल परिषरमा भेला भएका अधिकारकर्मीहरुले प्रदर्शन गर्दै समस्याको समाधान बार्ताबाट खोज्न आग्रह गर्दै अस्पताल जस्तो संबेदनशिल क्षेत्र बन्द नगर्न आग्रह गरेका हुन ।
ब्यानर र प्ले कार्ड सहित भेला भएका अधिकारकर्मीहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका छन् । डा.केसीको माग बारे सरकार गम्भीर नभएको भन्दै दवाव दिनका लागि चिकित्सकहरुले आज १ दिने हडताल गरेका हुन ।
माग पुरा नभए अनिश्चित कालका लागि आन्दोलन गर्ने चिकित्सकहरुले बताएको विषय उल्लेख गर्दै मानवअधिकार सञ्जालकी संजु साहले संविधानको मौलिक हकमै सुरक्षित गरेको स्वास्थ्य अधिकार कुण्ठीत गर्न नहुने बताइन् । साहले सरकाले अनसनरत चिकित्सक केसीसँग बार्ता मार्फत समस्याको समाधान गर्नुपर्ने र आन्दोलनरत चिकित्सकहरुले आन्दोलनको स्वरुप परिबर्तन गरेर अस्पताललाई बन्द मुक्त बनाउनुपर्ने बताए ।
आन्दोलनरत चिकित्सकहरुलाई अस्पताल बन्द नगर्नका लागि सांकेतिक दवाव दिन कार्यक्रम आयोजना गरेको बताए ।