RUMPUM
animated ellipse animated ellipse

केन्द्रीकृत मानसिकताले मन्त्रालयले भनेजस्तो काम गर्न सकेन : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०७५, बिहीबार १६:२७
3
Shares
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरे । तस्वीर-पुष्पराज थपलिया
विराटनगरका / प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको आर्थिक विकासका लागि केन्द्रीकृत मानसिकता बाधक भएको कारणले गर्दा भनेजस्तो काम गर्न नसकेको बताएका छन् ।

मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्न विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरेले केन्द्रका मन्त्री वा ब्यूरोक्रेसीले प्रदेशलाई अधिकार दिन आनाकानी गरिरहेको र केन्द्रीकृत मानसिकताका कारण मन्त्रालयले भनेजस्तो काम गर्न नसकेको बताए ।

संघीय सरकारका मन्त्रीले प्रदेशलाई अधिकार नदिने, प्रदेशले स्थानीय तहलाई र स्थानीय तहका प्रमुखले वडा अध्यक्षलाई पनि अधिकार दिन नचाहँदा समस्या भइरहेको घिमिरेले बताएका हुन् । उनले प्रदेशको सामाजिक विकासमन्त्रालयलाई संविधानले दिएको अधिकार प्राप्त गर्नका लागि पहल भइरहेको समेत बतए । मन्त्री घिमिरेले प्रदेशको नाम सगरमाथा र कोशीमध्ये एक हुने बताए ।

प्रदेशको नाम र राजधानी तोक्ने विषय प्रदेशसभाको भएपनि नामको विषयमा सगरमाथामा धेरैको इच्छा देखिएको उनले बताए ।

हिंसा पीडित तथा प्रभावित व्यक्ति संरक्षण विधेयक निर्माण भइरहेको, जनस्वास्थ्य विधेयकको मस्यौदा आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा पठाइएको र कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्न कोशी चिकित्सा विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा गर्न कानून मन्त्रालयमा अवधारणा पेश गरिएको जानकारी दिएको छ ।

मन्त्रालय स्थापना भएको मिति २०७४ फागुन ३ गतेयता गरेका विभिन्नप्रगति पनि सार्वजनिक भएको छ। सार्वजनिक प्रगति विवरणमा स्वास्थ्य क्षेत्रमा सुधार देखिएको, सरकारी विद्यालयको भर्ना अभियान सफल भएको, कोसी अञ्चल अस्पतालको व्यवस्थापनमा सुधार भएको, आर्थिक वर्ष २०७५/०७६ लाई स्वास्थ्य प्रवर्द्धन वर्ष घोषणा गरिएको, सरसफाइलाई अभियानको रूपमा संचाल नगरिएको, निजी अस्पतालहरूको नियमन र अनुगमनको काम भएको, प्रविधिमैत्री, दण्डरहित र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रूपमा संचालन गर्न कार्यायोजना बनाएको उल्लेख छ।

यस्तै मन्त्रालयले शिक्षा विधेयक, खेलकुद विधेयक, सामाजिक विकास संस्था विधेयक र घरेलु हिंसापीडित तथा प्रभावित व्यक्ति संरक्षण विधेयक निर्माण भइरहेको, जनस्वास्थ्य विधेयकको मस्यौदा आन्तरिम मामिला तथा कानुन मन्त्रालयमा पठाइएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर