आजदेखि जिल्लाका १७ कार्यालय खारेज हुदै

खबर पूर्वाञ्चल, १ श्रावण २०७५, मंगलवार ०७:५३

काठमाडाैं । संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् ।

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।

सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापीएको छ ।

खारेज भएका कार्यालय

-जिल्ला शिक्षा कार्यालय
– जिल्ला जनस्वास्थ्य कार्यालय
– जिल्ला कृषि विकास कार्यालय
– जिल्ला पशुसेवा कार्यालय
-जिल्ला प्राविधिक कार्यालय
– जिल्ला वन कार्यालय
-जिल्ला बाल कल्याण समिति
– शान्ति समिति
-जिल्ला सहकारी कार्यालय
-भू–संरक्षण कार्यालय
-घरेलु तथा साना उद्योग

– महिला तथा बालबालिका कार्यालय
– जिल्ला अस्पताल
– जिल्ला सिँचाइ कार्यालय
-जिल्ला खानेपानी कार्यालय
– सहरी विकास डिभिजन कार्यालय
-जिल्ला खेलकुद विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५